२१ कात्तिक २०८३, शनिवार

लक्ष्मी उच्च मावीको लागि साढे ४ करोड सहयोग

२०७१ माघ १९, सोमबार
लक्ष्मी उच्च मावीको लागि साढे ४ करोड सहयोग

पाल्पा । पाल्पाको तानसेन स्थित श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयको भवन निर्माणको लागि भारत सरकारले ४ करोड ३५ लाख ७० हजार सहयोग गर्ने भएको छ ।

उक्त भवन निमार्णका लागि सोमबार भारतीय राजदूतावास, जिल्ला विकास समिति, पाल्पा र श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय बीच एक सम्झौता भएको छ । भवन निमार्णका लागि जिल्ला विकास समिति, पाल्पाले कार्यान्वयन गर्ने जनाएको छ । सन् १९५९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित तथा २००८ मा उच्च माविमा स्तरोन्नती गरिएको हो । विद्यालयमा हाल उपलव्ध पूर्वाधार जीर्ण तथा सवै विद्यार्थीहरुलाई अटाउन अपर्याप्त रहेको छ । नयाँ भवनबाट १२ सय भन्दा बढी वालवालिकाहरुलाई विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरु उपलब्ध भै सहज शैक्षिक वातावरण सृजना हुने जनाएको छ ।

यस परियोजना अतिक्ति, भारतको २ करोड ५३ लाख सहयोगमा पाल्पा जिल्लामा २ वटा परियोजनाहरु सम्पन्न भैसकेका छन् । त्यस्तै १७ करोड ७७ लाखमा अन्य ५ ओटा परियोजनाहरुका निर्माण कार्य जारी रहेको जनाएको छ । भारत सरकारले ७ वटा एम्वुलेन्स र १ ओटा स्कूल बस समेत यस जिल्लालाई प्रदान गरिसकेको छ । यस बाहेक नेपाल भरिका २ सय ३८ भन्दा बढी शैक्षिक संस्थाहरुले भारत सरकारको ६३३ करोड ७० लाखको सहयोग प्राप्त गरिसकेका छन् ।

अभिलेख

लोकप्रिय