२१ कात्तिक २०८३, शनिवार

फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न एडीबीलाई आग्रह

२०७१ माघ १९, सोमबार
फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न एडीबीलाई आग्रह

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालमा सञ्चालित आयोजनाहरुको कार्यान्वयन छिटो हुने ढंगले नयाँ मोडल बनाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

महतले नेपाल भ्रमणमा रहेका बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग अर्थमन्त्रालयमा भएको कुराकानीका क्रममा सो आग्रह गरेका हुन् । ‘लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाई हुने गरेको छ । बैंकद्वारा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न आवश्यक छ । यसले छिटो नतिजा आउनेछ ।’ उनले भने । सो अवसरमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम छिटो हुनुपर्नेमा जोड समेत दिए ।

सो अवसरमा बोल्दै बैंकका अध्यक्ष नाकाओले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुने बताए । स्थिति अनुकूल भएकोले ठूलो लगानीको लक्ष्य राख्न सुझाउदै उनले पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्ने जरुरी रहेको बताए । नेपालमा बैंकका धेरै परियोजनाहरु भएको जनाउँदै तिनलाई घटाएर प्राथमिकताप्राप्त ठूला परियोजनामा केन्द्रित हुन सकिने बताए ।

अभिलेख

लोकप्रिय