लक्ष्मी उच्च मावीको लागि साढे ४ करोड सहयोग
पाल्पा । पाल्पाको तानसेन स्थित श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयको भवन निर्माणको लागि भारत सरकारले ४ करोड ३५ लाख ७० हजार सहयोग गर्ने भएको छ ।
उक्त भवन निमार्णका लागि सोमबार भारतीय राजदूतावास, जिल्ला विकास समिति, पाल्पा र श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय बीच एक सम्झौता भएको छ । भवन निमार्णका लागि जिल्ला विकास समिति, पाल्पाले कार्यान्वयन गर्ने जनाएको छ । सन् १९५९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित तथा २००८ मा उच्च माविमा स्तरोन्नती गरिएको हो । विद्यालयमा हाल उपलव्ध पूर्वाधार जीर्ण तथा सवै विद्यार्थीहरुलाई अटाउन अपर्याप्त रहेको छ । नयाँ भवनबाट १२ सय भन्दा बढी वालवालिकाहरुलाई विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरु उपलब्ध भै सहज शैक्षिक वातावरण सृजना हुने जनाएको छ ।
यस परियोजना अतिक्ति, भारतको २ करोड ५३ लाख सहयोगमा पाल्पा जिल्लामा २ वटा परियोजनाहरु सम्पन्न भैसकेका छन् । त्यस्तै १७ करोड ७७ लाखमा अन्य ५ ओटा परियोजनाहरुका निर्माण कार्य जारी रहेको जनाएको छ । भारत सरकारले ७ वटा एम्वुलेन्स र १ ओटा स्कूल बस समेत यस जिल्लालाई प्रदान गरिसकेको छ । यस बाहेक नेपाल भरिका २ सय ३८ भन्दा बढी शैक्षिक संस्थाहरुले भारत सरकारको ६३३ करोड ७० लाखको सहयोग प्राप्त गरिसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
