२१ कात्तिक २०८३, शनिवार

महिलाहरुले खाेले कृषि सहकारी

२०७१ माघ १९, सोमबार
महिलाहरुले खाेले कृषि सहकारी

लम्की । कृषिमा नयाँ क्रान्ती गर्ने उदेश्यका साथ कैलालीको लम्कीका महिलाहरुले अाइतबार नयाँ कृषि अभियान कृषि सहकारी संस्थाको गठन गरेका छन् । समाजसेवी, व्यापारी, वुद्धिजिवि तथा आम महिलाहरुको भेलाले अमृता वुढाको अध्यक्षतामा ११ सदस्यीय सहकारी संस्थाको गठन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा टहरी वुढाथोकि, सचिवमा जानकी अधिकारी जैशी , कोषध्यक्षमा इन्द्रकला शर्मा जैशी चयन भएका छन् । सदस्यहरुमा कमला जैशी, चन्द्रा चलाउने, सिता लुहार, यमी जैशी, नन्दा रिमाल, जमुना थापा र वुचनी चौधरी चयन भएका छन् ।
त्यस्तै राधिका भट्टको संयोजकत्वमा ६ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । संस्था मार्फत आधुनिक च्याउ खेति, कुखुरा पालन, माछा पालन, वंगुर पालन, वाख्रा पालन, तरकारी खेति लगाएय कृषिमा नयाँ कार्य गरिने कार्यालय सहयक शारदा देवकोटाले जानकारी दिइन ।

अभिलेख

लोकप्रिय