२१ कात्तिक २०८३, शनिवार

प्रथम आईक्यान सम्मेलन सम्पन्न, लेखापरिक्षण प्रतिवेदनमा सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्ने

२०७१ माघ १९, सोमबार
प्रथम आईक्यान सम्मेलन सम्पन्न, लेखापरिक्षण प्रतिवेदनमा सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्ने

काठमाडौं । सहायक महालेखा परिक्षक बाबुराम गौतमले लेखापरिक्षकहरुले सार्वजनिक वित्तिय लेखा प्रणालीमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को पहिलो आईक्यान सम्मेलनको समापन कार्यक्रममा आइतवार उनले लेखापरिक्षणमा सम्बन्धित निकायलाई जिम्मेबार बनाउनुपर्ने स्पष्ट पारे । त्यसअवसरमा उनले भुटानको लेखापरिक्षण प्रतिवेदन पेश गर्ने निकायहरुका बारेमा उल्लेख गर्दै भने, “लेखापरिक्षण प्रतिवेदनमा सम्बन्धित बिल भुक्तानी र खर्च कार्यको लागि को जिम्मेबार छ भन्ने उल्लेख गर्ने अभ्यास शुरु गरौं ।”

सहायक लेखापरिक्षक गौतमले सार्वजनिक निकायको लेखापरिक्षण प्रतिवेदनमा अनावश्यक विवरणहरुलाई निकै महत्व दिएर उल्लेख गर्ने गरेको पाइएको बताउनु हुँदै आवश्यक नीति, नियम र कानून पालन गरेको छ/.छैन भन्ने विषयलाई लेखापरिक्षकहरुले उठान गर्नुपर्ने विचार व्यक्त गरे । “भएका नियम, कानूनहरुको आधारमा विल बिजक वा खर्चहरु भएका छन् की छैनन् त्यसलाई हाइलाइट गर्नुपर्छ ।” उनले भने ।

आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले लेखापरिक्षकप्रति जनआकांक्षा बढेको तर सो अनुसार काम हुन नसक्दा समस्या बढेको बताए । उनले बढ्दो जनआकांक्षालाई समाधान गर्न लेखापरिक्षकले पनि सोहि अनुसार आफूलाई स्तरोन्नती गर्नुपर्ने स्पष्ट पारे । सम्मेलनका अवसरमा प्राप्त सुझावहरुलाई नियामकका हिसावले आगामी दिनमा आईक्यानले महत्व दिएर अघि बढ्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

आईक्यानले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा पहिलो पटक सम्मेलन आयोजना गरेको हो । सम्मेलन ‘लेखा व्यवसायको नयाँ गतिशिलता’ मा केन्द्रित थियो । आईतबार विभिन्न ४ सत्रहरुमा कार्यपत्र प्रस्तुति र त्यसअन्तर्गत रहेर छलफल भएको थियो ।

अभिलेख

लोकप्रिय