२१ कात्तिक २०८३, शनिवार

अरुणोदय सहकारीको २३ औं साधारणसभा सम्पन्न

२०७१ माघ १८, आईतवार
अरुणोदय सहकारीको २३ औं साधारणसभा सम्पन्न

पर्सा । अरुणोदय बचत तथा ऋण सहकारी संस्था लि.महुवन पर्साको २३ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजेश पडितको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि पुर्व विज्ञान तथा प्रविधी मन्त्री सुरेन्द्र प्रसाद चौधरी रहेका थिए । कार्यक्रममा बोल्दै चौधरीले सहकारीहरुले बचत तथा ऋणमा भन्दा उत्पादन तिर उन्मुख हुन आग्रह गरे ।

संस्थामा २ हजार ४६ जना सदस्य रहेका छन् । गत आर्थिक वर्षमा यस संस्थाले २ लाख ६९ हजार खुद नाफा आर्जन गरेको छ । संस्थाको बार्षिक कारोबार १ करोड ८५ लाख ३१ हजार १ सय १४ रुपंैयाको रहेको छ ।

अभिलेख

लोकप्रिय