पशुपालन सहकारी संघको कार्ययोजना सार्वजनिक
काठमाडौ । पशुजन्य उत्पादनलाई आत्मनिर्भर बनाउने उद्देश्यले हालै गठन भएको केन्द्रीय पशुपालन सहकारी संघले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ । पशुजन्य पदार्थ अत्याधिक रुपमा विदेशबाट आयात भइरहेको अवस्थामा यसको उत्पादनलाई आत्मनिर्भर बनाउने उद्देश्यले संघले शनिबार पत्रकार सम्मेलन गरी कार्ययोजना सार्वजनिक गरेको हो ।
संघले विशेषगरी वैदेशिक रोजगारका लागि पलायन भएका युवा तथा गरिब वर्गलाई लक्षित गर्दै मासु, दूध, ऊन, छालालगायतका पशुजन्य उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । कृषकले उत्पादन गरेका सामाग्रीहरुको सहजरुपमा बजारीकरण गर्ने, पशुबिमा गरी पशुहरुको नश्ल सुधार गर्न पशु प्रजनन् केन्द्र स्थापना गर्ने, कृषि कार्यक्रमलाई किसानको पहुँचमा पुर्याउनेलगायतका विषयलाई आफ्ना कार्ययोजनामा प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष बाबुराम अधिकारीले पशुपालनलाई सहकारीको माध्यबाट देशव्यापी रुपमा अघि बढाउँदै पशुजन्य उत्पादनलाई आत्मनिर्भर बनाउने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
