तीनदिने माछा महोत्सव आरम्भ
काठमाडौं । मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोश्रो राष्ट्रिय मत्स्य महोत्सव सुरु भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा सुरु महोत्वसको उद्घाटन गर्दै राष्टिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्रले जलस्रोतमा धनी मुलुक नेपालमा माछापालन व्यवसायको भविश्य उज्वल रहेको बताए । नेपालको मत्स्य व्यवसाय हालको अवस्थासम्म आइपुग्नुमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । अन्य व्यवसायको तुलनामा कम जनशक्तिबाटै वढीभन्दा बढी फाइदा लिन सकिने माछापालन व्यवसायतर्फ पछिल्लो समय आकर्षण बढिरहेको पनि उनले बताए ।
उनले माछापालनको विकास र विस्तारका लागि आवश्यक कार्यक्रमसहितको प्रस्ताव लिएर आए योजना आयोग व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले सरकारबाट पर्याप्त सहयोग हुन नसकेकाले अपेक्षाअनुसार माछापालन व्यवसायले गति लिन नसकेको बताए । सरकारी निकायको संस्थागत क्षमता विकास हुन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो तर पनि साधन स्रोतले भ्याएसम्म नार्क मत्स्य विकास र विस्तारमा क्रियाशिल रहेको उनले बताए ।
मत्स्य विकास निर्देशनालका निर्देशक रामानन्द मिश्रले माछापालनको विकास र विस्तारमा निजी क्षेत्रले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिँदै सरकारबाट नीतिगत र अन्य सहयोग जारी रहने बताए । मत्स्य व्यवसायी जालन्धर सिंहले भने अन्य व्यवसायको तुलनामा कृषि क्षेत्र सरकारका साथै बैंक तथा वित्तीय क्षेत्रबासमेत उपेक्षित रहेको गुनासो गरे ।
सरकारले प्रदान गर्ने अनुदान तथा सहुलियत कृषि कर्जा किसानले पाउन नसकेको उनको भनाइ थियो । उनले भने– कर्जाका लाथि वैक तथा वित्तीय संस्थाहरुले शहरी क्षेत्रको घरजग्गा धितो माग्ने गरेका छन्, ग्रामीण किसानसँग त्यस्तो धितो हुँदैन, घितो नहुनेले कर्जा पाउने कुरै भएन । कतिपय बैंक तथा वित्तीय संस्थाहरुले कृषि कर्जाका नाममा अन्यत्रै लगानी गरेको आंशकासमेत उनले गरेका छन् । आयोजक संस्था नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले निजी क्षेत्रको निरन्तरको प्रयासले माछामा नेपाल आत्मनिर्भरतातर्फ अघि बढिरहेको र आगामी पाँचवर्षभित्र पूर्णरुपमा आत्मनिर्भर हुने बताए । नेपालमा माछा आयातमात्र नभई अहिले पनि नेपालबाट छिमेकी मुलुक भारतमा निर्यात भइरहेको र नेपाली माछाले भारतमा मूल्य पनि राम्रो पाएको उनले बताएका छन् । उत्पादन बढाए माछाका लागि बजारको अभाव नहुने पनि उनले बताएका छन् ।
८० प्रतिशत स्वदेशी र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशतभन्दा बढी भारतबाटै आयात हुने गरेको छ । गत आर्थिक वर्र्ष ०६९/०७० मा करिव दुई अर्ब वरावरको १० हजार मेट्रिकटन माछा आयात भएको थियो । नेपालमा वार्षिक ६४ हजार ९ सय मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
