२१ कात्तिक २०८३, शनिवार

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव, ५० प्रतिशतसम्म छुटको व्यवस्था

२०७१ माघ १६, शुक्रबार
ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव, ५० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । न्यूरोड स्थित ताम्राकार कम्प्लेक्सले सातौं वार्षिक उत्सवको अवसर पारेर फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ ।

महोत्वसको अवसरमा कम्प्लेक्सले विभिन्न आकर्षक छुट तथा स्कीमहरु संचालन गर्ने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए । मोबाइल महोत्सवको अवसर पारेर विभिन्न रमाइला र आकर्षक कार्यक्रमका साथमा भ्यालेन्टाइन डे स्पेशल गिफ्ट पनि प्रदान गरिने महर्जनले बताए । ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव २०१५ तथा फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको अवसरमा मोबाइल खरिद गर्ने भ्यालेन्टाइन जोडीले भ्यालेन्टाइन स्पेशल गिफ्ट पाउने बताएको छ ।

ताम्राकार कम्प्लेक्समा जे. एस. मोबाइल शप संचालनगर्दै आएका जगत साउदले यसपालीको महोत्सव भव्य र आकर्षक बनाउने जानकारी दिँदै महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्मको छुट दिने बताए । महोत्सवको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र पनि आयोजना गर्ने जनाएको छ । ताम्राकार कम्प्लेक्सले बम्पर उपहार अन्तरर्गत ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने जनाएको छ ।

महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा विभिन्न मर्मत तथा सर्भिसका लागि आउने हरेक ग्राहकहरुले ५ देखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइनेछ ।

ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेका छन् ।

अभिलेख

लोकप्रिय