२१ कात्तिक २०८३, शनिवार

६६औं गणतन्त्र दिवसमा रक्तदान

२०७१ माघ १५, बिहिबार
६६औं गणतन्त्र दिवसमा रक्तदान

काठमाडौं । नेपाल–भारत मैत्री संघद्वारा बिहीबार भारतको ६६औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपालका लागि भारतीय राजदूत रणजित रायले समेत रक्तदान गरे । सोही अवसरमा उनले दुई देशका जनताबीचका सम्बन्ध अझ प्रगाढ बनाउन यस्ता कार्यक्रम हनुपर्ने बताए । नेपालमा पनि छिट्टै संविधान बनाएर सबैको ध्यान विकासमा केिन्दत्र हनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल–भारत मैत्री संघ अध्यक्ष ओमप्रकाश सरावगीले भारतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनिसकेपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै नयाँ मोडमा पुगेको बताए ।

कार्यक्रममा राजदूत रायसहित ४५ जनाले रक्तदान गरेका थिए ।

अभिलेख

लोकप्रिय