गैडाकोट सहकारीद्धारा विद्यालयलाई सहयोग
नवलपरासी । गैडाकोट बचत तथा ऋण सहकारी संस्था लि। गैडाकोट २ नवलपरासी र २नं वडा नागरिक मन्च गैडाकोट नगरपालिकाको संयुक्त आयोजनामा महेन्द्रस्मारक नि।मा।बि। गैडाकोट २ सिलन्यास नवलपरासीमा अध्ययन गर्ने बिपन्न छात्रछात्राहरु लाई स्विटर बितरण गर्ने कार्यक्रम सम्पन् भएको छ ।
बिद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेको अध्यक्षतामा आयोजक संस्था गैडाकोट साकोसका सचिव देवराज पौडेल लगायत अन्य पदाधिकारी र वडा नागरिक मन्चका संयोजक तारानाथ लामिछानेको सहभागितामा सम्पन्न्भएको उक्त कार्यक्रममा ४० जना छात्रछात्राहरुलाई स्विटर प्रदान गरिएको थियो ।
गैडाकोट साकोसको न्यानो अभियान अर्न्तर्गत गैडाकोट सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बिपन्न वर्गाका बिद्यार्थिहरलाई स्विटर बितरण गर्ने कार्यक्रम रहेको संस्थाका सचिव श्री देवराज पौडेलले जानकारी गराउनुभएको छ ।
गैडाकोट साकोसको न्यानो कार्यक्रममा साथ दिन वडा नागरिक मन्च ले नगरपा कार्यालय बाट प्राप्त् बैठकको चिया खर्च बचत गरेर र गैडाकोट साकोसको लेखा तथा सुपरिबेक्षण समितिले लेखापरिक्षण कार्य गरे बापत संस्थाबाट पाउने खाजा खर्च स्वरुपको रकम बचत गरि यस प्रकारको कार्यक्रमको सुरुवात गरिएको जानकारी वडा नागरिक मन्चका संयोजक तारानाथ लामिछाने र गैडाकोट साकोसका ब्यबस्थापक रामचन्द्र सुबेदीले जानकारी गराए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
