सौर्य संचार सहकारी कालोसूचिमा, कर्मचारीलाई मात्रै ७० लाख तलब दिन बाँकी
काठमाडौं । सौर्य संचार सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले कालोसूचिमा राख्ने भएको छ । संस्थाले बैंकबाट लिएको सावाँ, व्याज र हर्जना नबुझाएपछि कालोसूचिमा राख्ने भएको हो ।
सहकारीले कर्जा लिएको लामो समय भैसकेपनि अझै सम्म व्याज र हर्जना समेत तिरेको छैन । स्रोतका अनुसार बैंकबाट सौर्य सहकारीले एक करोड भन्दा बढी ऋण लिएको थियो । बैंकले आफ्नो पार्टी निकट सहकारी भएकाले कर्जा प्रवाह गरेको बुझिएको छ ।
सौर्य संचार सहकारीका अध्यक्ष बोधराज त्रिपाठी हुन् । उक्त सहकारीले ‘सौर्य दैनिक’ पत्रिका संचालन गरेको थियो । उक्त सहकारीले आफ्ना कर्मचारीलाई समेत तलब दिएको छैन । सहकारीको नामबाट काटिएको चेक समेत बाउन्स भएको छ । उक्त संस्थाले आफ्ना कर्चचारीलाई ७० लाख भन्दा बढी तलब दिन बाँकी रहेको छ । कर्मचारीलाई ३ महिना देखि १ वर्ष सम्मको तलब दिन बाँकी रहेको छ । सौर्य सहकारीमा झण्डै १३० जना कर्मचारी कार्यरत थिए । सौर्य सहकारी उपर डिभिजन सहकारी कार्यालय काठमाडौं, महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा उजुरी परेको छ । त्यस्तै जिल्ला अदालत काठमाडौंमा समेत मुद्दा परेको छ ।
बैंकले सहकारीलाई कर्जा तिर्न आउन ताकेता गर्दे ३५ दिने सुचना समेत जारी गरेको छ । ३५ दिन भित्र कर्जा चुक्ता गर्न नआए सहकारी ऐन नियम बमोजिम सञ्चालकहरुलाई समेत कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
बैंकले अन्य सहकारीलाई समेत ३५ दिने सूचना जारी गरेको छ । ति सहकारीहरुमा दहचोक बहुउद्देश्यीय सहकारी संस्था, दहचोक– १ काठमाडौं, बागमती बहुउद्देश्यीय सहकारी संस्था, सैबु– ४ ललितपुर, पिण्डेश्वरी बहुउद्देश्यीय सहकारी संस्था पिडा– २ धादिङ र सेन्सीयर सेभिङ एण्ड को–अपरेटिभ इमाडोल– ४ ललितपुर रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
