२१ कात्तिक २०८३, शनिवार

नयाँ उचाइमा भारत–अमेरिकाको सम्बन्ध

२०७१ माघ १२, सोमबार
नयाँ उचाइमा भारत–अमेरिकाको सम्बन्ध

भारत र अमेरिकाको सम्बन्ध नयाँ उचाइमा पुगेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घोष गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामासँगै पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुबै देशकाबीच सम्बन्धलाई नयाँ उँचाइमा पुर्याएको बताएका हुन ।

भारतको ६६ औँ गणतन्त्र दिवसका अवसरमा ओबामा मुख्य अतिथिका रुपमा भाग लिन आज भारत आइपुगेका हुन । अमेरिकी राष्ट्रपति ओबामाको भारत भ्रमणका क्रममा दुई देशकाबीच रहेको न्यूक्लियर डीलको उल्झन समेत समाप्त भएको बताइएको छ । यो संगै संयुक्त राष्ट्र परिषदमा भारतको दावेदारीलाई अमेरिकाको समर्थन मिलेको छ । अमेरिकाले रक्षा क्षेत्रमा पनि भारतलाई मद्दत गर्न तयार रहेको बताइएको छ ।

ओबामासँगै पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मोदीले हालैका दिनमा भारत र अमेरिकाको सम्बन्धलाई नयाँ उचाइ मिलेको बताएका थिए । उनले यो सम्बन्धले नयाँ उत्साह र भरोसा मिलेको बताउँदै भने,’यो सम्बन्धको सफलताले हामीहरुको उन्नती हुनेछ, अनि संसारमा स्थिरता र सम्पन्नता बढ्ने छ ।’

आतंकबाद सारा दुनियाका लागि खतरा बन्दै गएको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आतंकबादको मौजुदा चुनौती भैरहेको अवस्थामा यसले नयाँ रुप लिइरहेको छ । यसको विरुद्ध लड्न व्यापक रणनीति र योजना जरुरी छ । उनले आतंकी गुटकाबीच कुनै विभेद गर्न नहुने पनि धारणा राखेका थिए ।

अमेरिकी राष्ट्रपति ओबामाले भारतसँगको नाता उच्च प्राथमिकतामा रहेको बताएका थिए । उनले भारत र अमेरिका दुनियामा ठूलो अर्थव्यवस्था भएको मुलुक भएको बताउँदै अमेरिकामा लाखौँ भारतीय बस्ने भएकाले पनि आफूहरुको सम्बन्ध धेरै गहिरो भएको स्मरण गरे । उनले ‘जुन देशमा अर्थव्यवस्था र सरकार बलियो हुन्छ त्यहाँ आतंकबादले जरो गाड्न सक्दैन’ आफ्नो धारणा स्पष्ट पारे ।

अभिलेख

लोकप्रिय