२१ कात्तिक २०८३, शनिवार

काभ्रेका दुई गाविस दिशमुक्त बनाइँदै

२०७१ माघ १२, सोमबार
काभ्रेका दुई गाविस दिशमुक्त बनाइँदै
class="_5wde" data-reactid=".55.$mid=11422109415262=2bc1c57c480fa7d0012.2:0.0"> class="_5wdf _5w1r" data-reactid=".55.$mid=11422109415262=2bc1c57c480fa7d0012.2:0.0.0"> style="text-align: justify;" data-reactid=".55.$mid=11422109415262=2bc1c57c480fa7d0012.2:0.0.0.0">बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुईवटा गाविसमा समता तथा दिगोपनाको सुनिश्चितता सहितको सरसफाई तथा स्वच्छता कार्यक्रम लागु भएको छ ।

काभ्रे जिल्लामा रहेका चण्डेनीमण्डन र कुशादेवी गाविसमा उक्त कार्यक्र लागु गरिएको स्वच्छता कार्यक्रम (वास) का कार्यक्रम संयोजक ईश्वर घिमिरेले बताए । सरकारले सन २०१७ सम्ममा मुलुकलाई दिशामुक्त बनाउने लक्षलाई सघाउने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको घिमिरेले जानकारी दिए ।

सरकारले नै मुलुकलाई दिशामुक्त क्षेत्र बनाउने लक्ष लिएकाले अब गाउँ गाउँमा डोजर निशेधित गरेर भए पनि पानी र सौचालयको व्यवस्थामा सरोकारवाला निकाय लाग्न आवश्यक भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले बताए । उनले वास कार्यक्रमले केही गरिदेला भन्ने भन्दा पनि उसको सहजीकरणमा गाविस, जिविस, शिक्षा कार्यालय, नागरिक समाज, जनस्वास्थ्य र नागरिक अगुवाले हातेमालो गरेर अगाडि बढ्न आवश्यक भएको विचार व्यक्त गरे ।

नेपाल रेडक्रस सासाईटीले संयोजन, चेतना र सहजीकरणको कार्य गर्ने भए पनि सम्पूर्ण निकायको सहभागिता र सहकार्य आवश्यक रहेको रेडक्र काभ्रेका सभापति श्यामशुन्दर श्रेष्ठले बताए ।

कार्यक्रमलाई स्थानीय स्तरसम्म पुर्याएर हरेक घरमा सौचालय निर्माण गर्नु/गराउनु कार्यक्रमको लक्ष्य रहेको वास अधिकृत शर्मिला कार्कीले जानकारी गराईन । कार्कीले पहिलो चरणमा जिल्ला स्थरका विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया र सुझाव संकलन गरेर दोस्रो चरणमा अब गाउँस्तरमा प्रवेश गर्न लागेको जानकारी गराइन । उनले आगामी कार्यक्रम गाविस स्तरमै केन्द्रित हुने र त्यसमा सरोकारवाला निकाय र संचारक्षेत्रको विशेष भूमिका अपेक्षित रहेको धारणा राखेकी थिइन । वास कार्यक्रमको उदेश्य काभ्रेका चण्डेनीमण्डन र कुशादेवी गाविसलाई एक वर्ष भित्रै दिशामुक्त क्षेत्र घोषणा गर्ने रहेको कार्कीले जानकारी गराईन ।
class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/01/26/%e0%a4%95%e0%a4%be%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%bf%e0%a4%b8-%e0%a4%a6%e0%a4%bf%e0%a4%b6%e0%a4%ae%e0%a5%81/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय