आयल निगमको कार्यकारी निर्देशकमा खड्का
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई पदबाट हटाएको छ । आफ्नो दललाई रकम नउठाएको भन्दै आपुर्ति मन्त्री सुनिल बहादुर थापा र राज्यमन्त्री गिरी बहादुर केसीले यस अघि नै भट्टलाई हटाउन चाहेका थिए । उनीहरु राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का तर्फबाट मन्त्री बनेका हुन् ।
भट्टलाई कार्यकारी निर्देशकबाट हटाउन पेट्रोलियम व्यवसायीले पनि दवाव दिएका थिए । स्वचालित मुल्य, पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार ट्यांकरको ढुवानी भाडा समायोजन, ग्यासको कोटा वृद्वि नगर्ने अडान जस्ता सुधार कार्यक्रम थालेपछि पेट्रोलियम व्यवसायी कार्यकारी निर्देशकसँग रुष्ट भएका थिए ।
भट्टलाई हटाएर निगममा सडक विभागका इन्जिनियर गोपालबहादुर खड्कालाई नियुक्त गरेको जानकारी दिइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
