२१ कात्तिक २०८३, शनिवार

सौर्य संचार सहकारी कालोसूचिमा, कर्मचारीलाई मात्रै ७० लाख तलब दिन बाँकी

२०७१ माघ १२, सोमबार
सौर्य संचार सहकारी कालोसूचिमा, कर्मचारीलाई मात्रै ७० लाख तलब दिन बाँकी

काठमाडौं । सौर्य संचार सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले कालोसूचिमा राख्ने भएको छ । संस्थाले बैंकबाट लिएको सावाँ, व्याज र हर्जना नबुझाएपछि कालोसूचिमा राख्ने भएको हो ।

सहकारीले कर्जा लिएको लामो समय भैसकेपनि अझै सम्म व्याज र हर्जना समेत तिरेको छैन । स्रोतका अनुसार बैंकबाट सौर्य सहकारीले एक करोड भन्दा बढी ऋण लिएको थियो । बैंकले आफ्नो पार्टी निकट सहकारी भएकाले कर्जा प्रवाह गरेको बुझिएको छ ।

सौर्य संचार सहकारीका अध्यक्ष बोधराज त्रिपाठी हुन् । उक्त सहकारीले ‘सौर्य दैनिक’ पत्रिका संचालन गरेको थियो । उक्त सहकारीले आफ्ना कर्मचारीलाई समेत तलब दिएको छैन । सहकारीको नामबाट काटिएको चेक समेत बाउन्स भएको छ । उक्त संस्थाले आफ्ना कर्चचारीलाई ७० लाख भन्दा बढी तलब दिन बाँकी रहेको छ । कर्मचारीलाई ३ महिना देखि १ वर्ष सम्मको तलब दिन बाँकी रहेको छ । सौर्य सहकारीमा झण्डै १३० जना कर्मचारी कार्यरत थिए । सौर्य सहकारी उपर डिभिजन सहकारी कार्यालय काठमाडौं, महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा उजुरी परेको छ । त्यस्तै जिल्ला अदालत काठमाडौंमा समेत मुद्दा परेको छ ।

बैंकले सहकारीलाई कर्जा तिर्न आउन ताकेता गर्दे ३५ दिने सुचना समेत जारी गरेको छ । ३५ दिन भित्र कर्जा चुक्ता गर्न नआए सहकारी ऐन नियम बमोजिम सञ्चालकहरुलाई समेत कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

बैंकले अन्य सहकारीलाई समेत ३५ दिने सूचना जारी गरेको छ । ति सहकारीहरुमा दहचोक बहुउद्देश्यीय सहकारी संस्था, दहचोक– १ काठमाडौं, बागमती बहुउद्देश्यीय सहकारी संस्था, सैबु– ४ ललितपुर, पिण्डेश्वरी बहुउद्देश्यीय सहकारी संस्था पिडा– २ धादिङ र सेन्सीयर सेभिङ एण्ड को–अपरेटिभ इमाडोल– ४ ललितपुर रहेका छन् ।

अभिलेख

लोकप्रिय