२१ कात्तिक २०८३, शनिवार

गैडाकोट सहकारीद्धारा विद्यालयलाई सहयोग

२०७१ माघ १२, सोमबार
गैडाकोट सहकारीद्धारा विद्यालयलाई सहयोग

नवलपरासी । गैडाकोट बचत तथा ऋण सहकारी संस्था लि। गैडाकोट २ नवलपरासी र २नं वडा नागरिक मन्च गैडाकोट नगरपालिकाको संयुक्त आयोजनामा महेन्द्रस्मारक नि।मा।बि। गैडाकोट २ सिलन्यास नवलपरासीमा अध्ययन गर्ने बिपन्न छात्रछात्राहरु लाई स्विटर बितरण गर्ने कार्यक्रम सम्पन् भएको छ  ।

बिद्यालयका प्रधानाध्यापक  शिवराज काफ्लेको अध्यक्षतामा आयोजक संस्था गैडाकोट साकोसका सचिव  देवराज पौडेल लगायत अन्य पदाधिकारी र वडा नागरिक मन्चका संयोजक तारानाथ लामिछानेको सहभागितामा सम्पन्न्भएको उक्त कार्यक्रममा ४० जना छात्रछात्राहरुलाई स्विटर प्रदान गरिएको थियो ।

गैडाकोट साकोसको न्यानो अभियान अर्न्तर्गत गैडाकोट सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बिपन्न वर्गाका बिद्यार्थिहरलाई स्विटर बितरण गर्ने कार्यक्रम रहेको संस्थाका सचिव श्री देवराज पौडेलले जानकारी गराउनुभएको छ ।

गैडाकोट साकोसको न्यानो कार्यक्रममा साथ दिन वडा नागरिक मन्च ले नगरपा कार्यालय बाट प्राप्त् बैठकको चिया खर्च बचत गरेर र गैडाकोट साकोसको लेखा तथा सुपरिबेक्षण समितिले लेखापरिक्षण कार्य गरे बापत संस्थाबाट पाउने खाजा खर्च स्वरुपको रकम बचत गरि यस प्रकारको कार्यक्रमको सुरुवात गरिएको जानकारी वडा नागरिक मन्चका संयोजक तारानाथ लामिछाने र गैडाकोट साकोसका ब्यबस्थापक रामचन्द्र सुबेदीले जानकारी गराए ।

अभिलेख

लोकप्रिय