२१ कात्तिक २०८३, शनिवार

‘पोयमाण्डु’ तेस्रो वशन्तमा

२०७१ माघ ८, बिहिबार
‘पोयमाण्डु’ तेस्रो वशन्तमा

काठमाडौं । नेपालस्थित भारतीय दूतावास र बिपी कोइराला नेपाल भारत फाउण्डेसनले हरेक महिना आयोजना गर्दै आएको ‘पोयमाण्डु’ कार्यक्रमले दोस्रो वर्षगाँठ मनाएको छ ।

बुधबार सम्पन्न पोयमाण्डूको २४ औं शृङ्खला विगतका भन्दा फरक र रमाइलो रह्यो । कार्यक्रममा हास्य कवी चट्याङ मास्टरले कार्यक्रमकोे रौनकनै अर्को बनाएका थिए । उनले सुनाएका हास्य व्यङ्ग्यात्मक रचनाले सहभागीहरु आनन्दीत बनेका थिए । कार्यक्रममा सहभागी अन्य कवि कवयित्रीहरुले नेपाली, हिन्दी, नेवारी र अंगे्रजी भाषामा आ–आफ्ना रचना वाचन गरेका थिए ।

पोयमाण्डू कार्यक्रम तेस्रो वर्ष प्रवेश गर्दा सम्म यसले नेपाली, हिन्दी, नेवारी र अंग्रेजी साहित्यलाई एक आपसमा प्रगाढ बनाउन मद्दत पुगेको सहभागीहरुले धारणा राखेका थिए । पोयमाण्डूलाई यहाँ सम्म ल्याइपुर्याउन सघाउने सम्पूर्ण स्रष्टा र साहित्यानुरागीलाई आयोजकद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।

अभिलेख

लोकप्रिय