२१ कात्तिक २०८३, शनिवार

ललितपुर बचत संघमा घिमिरे विजयी

२०७१ माघ ५, सोमबार
ललितपुर बचत संघमा घिमिरे विजयी

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामशरण घिमिरे विजयी भएका छन् । नेतृत्वका लागि घिमिरे र रामशरण बस्नेत बीच प्रतिस्पर्धा भएको थियो ।

अध्यक्षमा घिमिरेले २ सय ५४ मत ल्याई बिजयी भएका हुन् भने उनका प्रतिध्वन्द्वी रामशरण बस्नेतले १ सय ७४ मत ल्याए । त्यस्तै उपाध्यक्षमा जगतलाल महर्जनले २ सय २९ मत ल्याई बिजयी भए । उनका प्रतिद्वन्द्वी अम्बीका थापाले १ सय ८८ मत ल्याइन । महर्जन घिमिरे प्यानलबाट उठेका थिए । सचिवमा रामहरि बजगाईले २ सय २२ मत ल्याई बिजयी भए । उनका प्रतिद्वन्द्वी शशीधर पोखरेलले १ सय ८८ मत ल्याए । बजगाई बस्नेत प्यानलबाट उठेका थिए ।

त्यस्तै कोषाध्यक्षमा लक्ष्मी शाक्यले २ सय १९ मत ल्याई बिजयी भइन । उनका प्रतिद्वन्द्वी हेमराज दाहालले १ सय ८४ मत ल्याए । शाक्य बस्नेत प्यानलबाट उठेकी थिइन । त्यस्तै दिपक घिमिरेले ९ मत ल्याए ।lalitpur_bachat_sang_bijai

त्यस्तै सञ्चालकमा कृष्णचन्द्र महर्जन (२४९), श्याम कृष्ण महर्जन (२११), लजना श्रेष्ठ (२३७), भुषणनाथ शर्मा (२११), नरेन्द्र महर्जन (२१७), विभुषण शाक्य (२०५), कृष्णदेवी महर्जन (२१७), सरिता वाग्ले (२२०), रमेश कुमार सिलवाल  : (१९७) निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समितिमा राजु ताम्राकारले १ सय ९४ मत ल्याई बिजयी भए । उनका प्रतिद्वन्द्वी अलिनबीर बर्जाचार्यले १ सय ८९ मत ल्याएका थिए । त्यस्तै लेखा समितिमा शशी खड्का २ सय १४, रमेश घिमिरे १ सय ८३ मत ल्याई बिजीयी भए ।

कसले कति ल्याए ?

अध्यक्ष
रामशरण घिमिरे : २७४ (विजयी)
रामशरण बस्नेत : १७४
उपाध्यक्ष
जगतलाल महर्जन : २२९ (विजयी)
अम्बिका थापा : १८८
सचिव
शशिधर पोखरेल : १८८
रामहरि बजगाई : २२९ (विजयी)
कोषाध्यक्ष
हेमराज दाहाल : १८४
लक्ष्मी शाक्य २१९ : (विजयी)
दिपक घिमिरे : ९
संचालकहरु
कृष्णचन्द्र महर्जन : २४९ (विजयी)
रमेश कुमार सिलवाल  : १९७ (विजयी)
लजना श्रेष्ठ २३७ : (विजयी)
भुषणनाथ शर्मा : २०५ (विजयी)
नरेन्द्र महर्जन : २१७ (विजयी)
विभुषण शाक्य : २०५ (विजयी)
कृष्णदेवी महर्जन : २१७ (विजयी)
सुरेन्द्र अमात्य : १९७
चमार सिंह तामाङ : ४७
राजेन्द्र घिमिरे : १४८
गणेश कुमार महत : १६८
नारायण थापा : १४८
सरिता वाग्ले २२० : (विजयी)
अशोक महर्जन : १९७
शान्ता प्रसाद गौतम : १४१
भिम प्रसाद गगेल : १५०
श्याम कृष्ण महर्जन : २११ (विजयी)
कान्छा बज्राचार्य : १८४
महेन्द्र कुमार महर्जन : १७८
लेखा समिति संयोजक
राजु ताम्राकार : १९४ (विजयी)
अनिल वीर बज्रार्चाय : १८९
लेखा समिति सदस्य
शशि खड्का : २१४ (विजयी)
पवन कुमार तिमिल्सिना : २०३ (विजयी)
रमेश घिमिरे : १८३
रुपेश तिमिल्सिना : १५७

अभिलेख

लोकप्रिय