२१ कात्तिक २०८३, शनिवार

ललितपुर जिल्ला बचत संघमा घिमिरे Vs बस्नेत

२०७१ माघ ३, शनिवार
ललितपुर जिल्ला बचत संघमा घिमिरे Vs बस्नेत

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको भोली (४ गते) हुने २० औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि वर्तमान अध्यक्ष रामशरण घिमिरे र वर्तमान उपाध्यक्ष रामशरण बस्नेत बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

सहमतीका लागि विभिन्न प्रयासहरु भएपनि दुबै पक्ष लचकता नदेखाएपछि चुनाव हुने निश्चित भएको हो ।

घिमिरे अरुणिमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । उनी नेपाली कांगे्रस निकट सहकारीकर्मी हुन् ।
बस्नेत चन्द्रशूर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । उनी एमाले निकट सहकारीकर्मी हुन् ।

दुबै समुहले प्याननै बनाएर चुनावी मैदानमा उत्रदै छन् । सहकारीखबरलाई प्राप्त जानकारी अनुसार घिमिरे समूहले प्यानलको नाम समेत घोषणा गरीसकेको छ । बस्नेत समूहको प्यानल घोषणा गरेको औपचारिक जानकारी सहकारीखबरलाई प्राप्त भएको छैन ।

यस्तो छ, घिमिरे समूहको प्यान
अध्यक्ष : रामशरण भिमिरे, अरुणिमा साकोस
उपाध्यक्ष्य : जगतलाल मर्हजन, स्वागतम साकोस
सचिव : शशिधर पोखरेल, सहकारी ऋण कोष साकोस
कोषाध्यक्ष : हेमराज दाहाल, सुमेरु साकोस

संचालकहरु :-

कृष्णचन्द्र मर्हजन, शारथी साकोस
कृष्णदेवी मर्हजन, सरस्वती महिला साकोस
गणेश महत, सुमार्ग साकोस
नरेन्द्र मर्हजन, प्यानोरोमा साकोस
भुषणनाथ शर्मा, श्री सिद्धिचण्डी साकोस
रमेश कुमार सिल्वाल, एस साकोस
लजना श्रेष्ठ, पब्लिक कोअपरेटिभ
विभूषण शाक्य, वशुवर्ण साकोस
सुरेन्द्र अमात्य, बुद्ध साकोस

लेखा समिति
संयोजक : राजु ताम्राकार, करुणामय साकोस
सदस्य : पवन तिमिल्सिना, धनलक्ष्मी साकोस
सदस्य : शशि खड्का, सन्तानेश्वर साकोस

अभिलेख

लोकप्रिय