महिला सहकारीको क्षमता विकासका लागि तालिम
मकवानपुर । डिभिजन सहकारी कार्यालय हेटौडाको आयोजनामा संचालित ६ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्लामा संचालित महिला सहकारी संस्थाहरुको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम संचालन गरिएको डिभिजन सहकारी कार्यालय हेटौडाको प्रमुख भिम परियारले जानकारी गराए ।
६ दिन सम्म संचालन भएको तालिम कार्यक्रममा सहकारी व्यवस्थापनका विविध २२ वटा कक्षा संचालन गरिएको थियो । ग्रमिण भेगमा दर्ता भएका महिला सहकारी संस्थाहरु विशेष गरी कृषि, बचत र वहुउद्देश्यीय सहकारी संस्थालाई लक्षित गरी तालिम संचालन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको दुर्गम भेग मंथली, नामटार, छतिवन, भिमफेदी, आमभञ्ज्याङ, पदमपोखरी, वसामाडी र हेटौडा उपमाहानगरमा संचालित सहकारी संस्थाका संचालक तथा व्यवस्थापकहरु सहभागी थिए । २५ जनाको सहभागी रहेको तालिममा २ जना मात्र पुरुषको सहभागीता रहेको थियो । महिलाको मात्रै उच्च सहभागीता रहेको तालिम जिल्लामानै पहिलो पटक आयोजना गरिएको डिभिजन प्रमुख परियारले वताए । महिला, दलित, जनजाति र लक्षित समुदायद्धारा संचालित सहकारी संस्थाका लागि आगामी दिनमा प्राथमिकताका साथ यस्ताखाले तालिम कार्यक्रम आयोजना गरिने उनले बताए ।
कार्यक्रम राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष वद्री लम्सालको प्रमुख आतिथ्या एवं डिभिजन सहकारी कार्यालय हेटौडाको प्रमुख भिम परियारको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला वहुउद्देश्यी सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेको समेत सहभागीता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
