२१ कात्तिक २०८३, शनिवार

२०४८को मर्म विपरित ऐन आए मान्य हुँदैनः बाँस्कोटा सहकारीको विकृति न्यूनिकरण गर्न सूचना केन्द्र सञ्चालन गर्दै छाैँःशर्मा

२०७१ पुष २६, शनिवार
२०४८को मर्म विपरित ऐन आए मान्य हुँदैनः बाँस्कोटा सहकारीको विकृति न्यूनिकरण गर्न सूचना केन्द्र सञ्चालन गर्दै छाैँःशर्मा

काठमाडौ । राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीबाट संकलित रकमलाई ठूला प्रोजेक्टमार्फत परिचालन गर्ने नीति अबलम्बन गर्न आवश्यक भएको बताएका छन् ।सूचना चौतारी सञ्चार सहकारी संस्थाको दोस्रो साधारणसभाका अवसरमा बोल्दै बास्कोटाले सहकारीमार्फत दुर्तगतिमा देशको विकास गर्न सकिने बताए ।

देशले स्वदेशी पूँजीभन्दा विदेशी पूँजी भित्रउन लागिपरेको भन्दै बास्कोटाले भने–‘सहकारीमार्फत रचनात्मक विकास गर्न सकिन्छ तर त्यसको लागि नीति अबलम्बन गर्न आवश्यक छ’ उनले भने । नेपालमै अर्बौै रकम जम्मा हुन सक्ने भन्दै त्यसको परिचालनमा जोड दिन सके विदेशी पूँजीमा निर्भर रहनुनपर्ने बास्कोटाले बताए ।

३० हजार सहकारीको स्रोत, जनशक्ती र पूँजीलाई परिचालन गर्न सके देशको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण हिस्सा ओगट्न सक्ने बताए । सहकारीका मूल्य मान्यता अपरहरण हुन सक्ने खतरा औंल्याउँदै बास्कोटाले भने –सहकारीलाई राजनीतिकरण गरेर मूल्य मान्यता हडप्न खोज्नेप्रति आफू सजग रहेको रहनुपर्छ’ उनले भने । सहकारी ऐनका तीन वटा मस्यौदा पाइप लाइनमा रहेकाले अबको ऐन कस्तो आउने भन्ने चिन्ता बढेको बताए । सहकारी ऐन २०४८ मर्मविपरित ऐन आए आफूहरुलाई मान्य नहुने उनको भनाई थियो ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले सहकारीको विकृति, विसंगती अन्त्य गर्नका लागि सूचना केन्द्र व्यवस्थापन गरिने बताए । सूचना चौतारीले सूचना केन्द्र सञ्चालनको तयारी गरिरहेको जानकारी दिदैं शर्माले भने –‘सूचना केन्द्र स्थापनापश्चात सहकारीको विकृति न्यूनिकरण गर्न सहयोग पुग्ने छ ।’

अभिलेख

लोकप्रिय