खराब व्यक्तिहरुका कारण सहकारी क्षेत्रकै बदनामः कानूनमन्त्री
काठमाडौं । कानूनमन्त्री नरहरी आचार्यले सहकारी क्षेत्रको ब्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन् । राजधानीको बसुन्धरास्थित क्याराभान बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभाको उद्घाटन गर्दै कानूनमन्त्री आचार्यले सहकारीको संख्या दिनप्रतिदिन बढ्दै गएको कारण ब्यवस्थापनमा समस्या भएको बताए ।
‘केही खराब व्यक्तिहरुका कारण सहकारी क्षेत्रकै बदनाम भइरहेको छ,’ मन्त्री आचार्यले भने, ‘सहकारी क्षेत्रकै बदनाम हुने क्रियाकालाप तर्फ सवैजना सचेत हुनुपर्दछ ।’
पूर्व सभासद ऋषिबाबु परियारले सहकार्यविना कुनै काम सम्पन्न नहुने भएकाले सहकारीकर्मीहरुबीच सहकार्यको आवश्यकता औंल्याए । संस्थाको प्रगतिका लागि पनि सदस्यहरुबीच सुमधुर सम्बन्धको खाँचो रहने उनको भनाई थियो ।
कार्यक्रममा सक्षम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रकुमार दाहाल, आइएमई बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख अर्जुन शर्मा पौडेल, काठमाडौं वडा नं. ३ का पूर्व वडाध्यक्ष दीपक केसी लगायतले सहकारीको समस्या सहकारीकर्मीहरुको नियतले मात्रै समस्या हुने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
