२१ कात्तिक २०८३, शनिवार

सहकारीमा रहेको सञ्चित रकमको सुरक्षा दिन अख्तियारद्धारा सरकारलाई ध्यानाकर्षण

२०७१ पुष २६, शनिवार
सहकारीमा रहेको सञ्चित रकमको सुरक्षा दिन अख्तियारद्धारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वसाधारण नागरिकको सहकारी संंस्थाहरुमा सञ्चित रकमको सुरक्षा प्रत्याभूति गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

ओरियण्टल लगायतका सहकारी संस्थाहरुमा सञ्चित सर्वसाधारणहरुको रकम उच्च जोखिममा परेको भन्दै अख्तियारले शुक्रबार मुख्यसचिवमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

सहकारीका विषयमा सुझाव दिए पनि कार्यान्वयन नभएपछि अख्तियारले पुनः सरकारको ध्यानाकर्षण गराएको अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीले बताउनुभयो । पुनरावेदन अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले दिएको सुझावसहितको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने पनि उनले बताए ।

दीर्घकालीन र प्रभावकारी नीति नहुँदा सहकारी सस्थाको अनुगमन चुस्त हुन नसकेको बताउँदै सुवेदीले सर्वसाधारण नागरिकहरुको सञ्चितीको सुरक्षा प्रत्याभूति गर्न र सहकारीको उद्देश्य परिपूर्ति हुने गरी सहकारीको गठन, सञ्चालन एवं तिनको अनुगमन र नियमनलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सरकारलाई लेखी पठाइएको अाजकाे गाेरखापत्रमा खबर छ ।

अभिलेख

लोकप्रिय