उपत्यकाको सडक विस्तारको अनुगमन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको नेतृत्वमा काठमाडौं उपत्यकाको सडक विस्तार‚ मर्मत तथा निर्माणको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा सडक‚ खानेपानी‚ ढल निकास‚ विद्युत तथा टेलिफोनका तारहरुको व्यवस्थापन एवं पार्क तथा बगैंचाहरुको अवस्था र तिनीहरुको उचित मर्मत‚ सम्भार र संरक्षणमा तत्काल आवश्यक कदम चाल्न सचिव सुवेदीले सम्बन्धित पदाधिकारीहरुलाई निर्देशन दिए ।
सडक मर्मत र विस्तार गर्दा खानेपानीका पाइप विछ्याउने‚ ढल निर्माण र मर्मत गर्ने र विद्युत तथा टेलिफोनका पोल तथा तारहरु संगसगै व्यवस्थापन गर्नु पर्नेमा एक आपसमा समन्वय र सहकार्यको अभावमा कतिपय ठाउँमा दुरसञ्चारका तारहरु नहटाइएको‚ विद्युतका पोल तथा ट्रान्सफर्मरहरु नसारिएको‚ भत्काउनु पर्ने संरचनाहरु पनि समयमा भत्काउन नसकेको जस्ता कारणबाट स्थानीय जनताले धुलो‚ धुँवा‚ हिलो र खाल्डाखुल्डी भएको सडकमा हिड्न बाध्य हुनुपरेको पनि सचिव सुवेदीले बताए । सरकारी पक्षबाट समयमा कार्यसम्पन्न हुन नसक्दा सरकार प्रति जनताको दृष्टिकोण नकारात्मक हुँदै गएको हुनाले सम्बन्धित निकायहरुले सक्रियतापूर्वक कार्य सम्पादन गर्न पनि निर्देशन दिए ।
‘म पटक पटक सडक विस्तारको अनुगमनमा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरुलाई संगै लिएर हिडिरहेको छु । स्थानीयस्तर मै जनताका गुनासाहरु सुन्छु र सम्बन्धित पदाधिकारीहरुलाई यो समस्या कति समयमा समाधान हुन्छ भनेर स्थानीय जनताकै अगाडी भन्न लगाउँछु ।’ उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
