आयोडिनको अभावमा लाग्ने रोग कार्यक्रमको लागि सहयोग
काठमाडौं । नेपाल स्थित भारतीय राजदूत रणजीत रायले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई आयोडिनको अभावमा लाग्ने रोग कार्यक्रमको लागि भारत सरकारले अनुदान प्रदान गर्ने कूल ने.रु. ६ करोड ९० लाख सहयोग मध्ये ने.रु. १ करोड ७२ लाख ५० हजारको चेक हस्तान्तरण गरेका छन् । यस कार्यक्रमलाई यस अघि गलगाँड नियन्त्रण कार्यक्रमको रुपमा लिइन्थ्यो । भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको ३ अगष्ट, २०१४ मा भएको भ्रमणमा यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
भारत सरकारले नेपाल सरकारको गलगाँड नियन्त्रण कार्यक्रममा सन् १९७३ देखि सहयोग प्रदान गर्देआएको छ । नेपालको साल्ट ट्रेडिङ कर्पाेरेशनलाई भारत सरकारले सन १९७३–१९९८, २००४–०७, २००९–१४ मा गलगाँड तथा अन्य आयोडिनको अभावमा हुने रोग नियन्त्रणको लागि अनुदान, प्याकिङ, ढुवानी तथा पैरवी कार्यक्रम अन्तर्गत ने.रु. ६८ करोड ६० लाख प्रदान गरिसकेको छ । भारत सरकारले संचालन गरेको कार्यक्रमको प्रभाव अध्ययन अनुसार नेपालमा गलगाँड तथा आयोडिनको अभावमा हुने अन्य रोग नियन्त्रण कार्यक्रमले देखिने गलगाँड लगभग निर्मुल हुनुको साथै आयोडिनको अभावमा हुने अन्य रोगलाई घटाएको छ । यस कार्यक्रमबाट नेपालका ७५ वटै जिल्लाका वासिन्दाहरु लाभान्वित भएका छन् ।
राष्ट्र विकासको लागि संवेदनशील मानिने स्वास्थ्य क्षेत्र नेपाल र भारतबीच सहकार्यको एक प्रमुख पाटो हो । औषधी तथा चिकित्सा उपकरण आपूर्ति लगायत यस क्षेत्रको सहकार्य मार्फत ठूला अस्पताल देखि नेपालका सुदूर गाउँहरुमा समेत स्वास्थ्य पूर्वाधार विकास भएको छ । हालसालै भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपालका सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालालाई नेपाल–भारत मैत्री राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण गरे ।
आयोडिनको अभावमा लाग्ने रोग नियन्त्रण कार्यक्रमको लागि भारत सरकारले प्रदान गर्ने अनुदान सहयोग परियोजना भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमको एक भाग हो जस अन्तर्गत नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५०० भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
