२१ कात्तिक २०८३, शनिवार

बिकु बचतको निशुल्क पशु स्वास्थ्य उपचार शिविर

२०७१ पुष २३, बुधबार
बिकु बचतको निशुल्क पशु स्वास्थ्य उपचार शिविर

नवलपरासी । बिकु बचत तथा ऋण सहकारी सस्था लिमिटेड गैडाकोट नवलपरासीको आयोजनामा निशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । कावासोती १० मगरकोटमा सम्पन्न शिबिरमा एक हजार पशुहरुको निशुल्क उपचार तथा औषधी बितरण गरिएको छ । शिविरमा गाई गोरु, भैसी, बाख्रा, भेडा, बङ्गुर, कुकुर, बिरालोहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

शिबिरमा २० वटा गाई भैसीको निशुल्क गर्भ परिक्षण गरिएको छ भने एउटा भैसीको खट्के अप्रेशन गरिएको छ । २ वटा भैसीमा एआई अर्थात कृत्रिम गर्भाधान गराईएको छ । साथै १ लाख ५० हजार बराबरको औषधी पनि निशुल्क बितरण गरिएको छ । स्वास्थ परिक्षण गराईएका पशुहरुमा सबैभन्दा बढी आन्तरिक परजिवि अर्थात जुका, नाम्ले जस्ता रोग बढी लागेको पशु सेवा कार्यालय नवलपरासीका पशु बिकास अधिकृत भुमिश्वर खनालले जानकारी दिए ।  आयोजना तथा जिल्ला पशु सेवा कार्यालय नवलपरासीको प्राबिधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।

अभिलेख

लोकप्रिय