बिकु बचतको निशुल्क पशु स्वास्थ्य उपचार शिविर
नवलपरासी । बिकु बचत तथा ऋण सहकारी सस्था लिमिटेड गैडाकोट नवलपरासीको आयोजनामा निशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । कावासोती १० मगरकोटमा सम्पन्न शिबिरमा एक हजार पशुहरुको निशुल्क उपचार तथा औषधी बितरण गरिएको छ । शिविरमा गाई गोरु, भैसी, बाख्रा, भेडा, बङ्गुर, कुकुर, बिरालोहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
शिबिरमा २० वटा गाई भैसीको निशुल्क गर्भ परिक्षण गरिएको छ भने एउटा भैसीको खट्के अप्रेशन गरिएको छ । २ वटा भैसीमा एआई अर्थात कृत्रिम गर्भाधान गराईएको छ । साथै १ लाख ५० हजार बराबरको औषधी पनि निशुल्क बितरण गरिएको छ । स्वास्थ परिक्षण गराईएका पशुहरुमा सबैभन्दा बढी आन्तरिक परजिवि अर्थात जुका, नाम्ले जस्ता रोग बढी लागेको पशु सेवा कार्यालय नवलपरासीका पशु बिकास अधिकृत भुमिश्वर खनालले जानकारी दिए । आयोजना तथा जिल्ला पशु सेवा कार्यालय नवलपरासीको प्राबिधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
