२१ कात्तिक २०८३, शनिवार

गैडाकोट साकोसको स्वस्थ्य शिविर

२०७१ पुष २२, मङ्गलबार
गैडाकोट  साकोसको स्वस्थ्य शिविर

नवलपरासी। गैडाकोट बचत तथा ऋण सहकारी संस्था लिं (गैडाकोट साकोस) महिला हरुको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना सहितको श्राव परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बि.पि कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा  सञ्चालन गरेको हो । १४ गतेको कार्यक्रममा सदस्यहरुको अत्याधिक चाप भएको र सदस्यहरुको माग पनि भएको ले संस्थाले दोश्रो पटक यस कार्यक्रमको आयोजना गरेको स‌स्थाले जनाएको छ ।

“स्वास्थ्य तपाईको सरोकार हाम्रो” भन्ने अभियानका साथ गैडाकोट साकोसले आफ्ना सदस्यहरुको लागि हरेक वर्षयस्ता सामाजिक सेवामुलक कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै आई रहेको छ । २९५० जना सेयर सदस्य हरु र ७५० जना बाल सदस्यहरु रहेको संस्था ले १५ करोड ५० लाख को हाराहारीमा कुल पुँजि संकलन गरि  बचत संकलन रिण लगानि गर्ने , बिभिन्न रेमिट्यान्स कारोबार गर्ने लगायतका अन्य सदस्यहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष  बित्तिय तथा गैर बित्तिय सेवा पुर्याउदै आएको छ ।

“समुदायको उत्कृष्ट बित्तय सहकारी संस्था ” को परिकल्पना बोकेको यस संस्था  एसियाली मापद‌नडमा पुग्न नेफ्स्कुन द्धारा संचालित  एक्सेस ब्राडिङ कार्यक्रममा सहभागि भएको छ । ४१ जना महिलाहरुको श्राव परिक्षण गरिएको आजको यस कार्यक्रममा समेत सदस्यहरुको अत्याधिक चाप रहेको ले आज परिक्षण हुन नसकेका महिलाहरुलाइ केहि दिन भित्रमा नै क्यान्सर अस्पतालमा नै लगेर निशुल्क परिक्षणको ब्यबस्था मिलाउने जानकारी संस्थाका अध्यक्ष  प्रेम बहादुर गुरुङले दिए ।

अभिलेख

लोकप्रिय