सदस्यको सभा की नेताको खुला मञ्च ?
–खिला दाहाल
आजभोली सहकारी संस्थाका साधारण सभाहरु सभा कम, दलको प्रचार ज्यादा हुँन थालेका छन् । साधारण सभामा कमसेकम संस्थाका गणपुरक सदस्य संख्या उपस्थित गराएर उनीहरुलाई संस्थाले वर्ष भरी गरेको प्रगती र भावी कार्यक्रमको वारेमा संचालक समिति मार्फत जानकारी गराई सदस्यको गुनासो, सल्लाह सुझाव सुन्ने अनी सदस्यको चाहना अनुरुप संस्था संचालन गर्नु पर्ने हैन र ? तर अहिले देशव्यापी रुपमा राजधानीबाट दलका प्रचारकहरु झिकाएर फुस्रा भाषण सुनाउने र सदस्यको गुनासा सुन्ने नाममा सहकारी सञ्चालकहरु ठालु बन्दै गएका छन् ।
सहकारी नेताहरुको फुस्रो भाषणले समय र सदस्यको पैशा चट् वनाउनु वाहेक कुनै नयाँ प्रयास साधारण सभाले गर्न सकेको छ्रैन । हुन त अहिले धेरै सहकारीका साधारणसभा नेताहरुको खुला मञ्च जस्तै बन्दै गइरहेको अनुभुति हुन थालेको छ । सहरमा बढ्दै गएको नेता मुखी सहकारी अभियानको भाइरसले गाँउगाउ सम्म आक्रमण गर्न थालेको छ । नेता ल्याएर भाषण ठोक्न लगाउने जात्रानै चलेको छ ।

यस्ता सभा सदस्यको जानकारी भन्दा वाहिर जान थालेका छन् । सहकारीका साधारण सभा जस्ता कार्यक्रम सदस्यमूखी र सहकारीको मूल्य मान्यता अनुरुपको हुनु जरुरी छ । जहाँ सहकारी वुझ्ने सदस्य र संचालक मात्र हुन् र त्यहाँ सहकारीकै कार्यक्रम होस् न की कुनै राजनितिक दलको कार्यक्रम देखियोस । सहकारी ऐन, मापदण्डलाइ नै खिल्ली उडाउदै आजभोलीका सहकारीहरुको साधारण सभा कुनै राजनितिक दलको रात्री भोज भन्दा कम हुन छाडेका छन् ।
अझ त्यस्ता साधारण सभा गर्नेमा सहकारी अभियानका नेताहरुकै संस्था ज्यादा देखिएका छन् जसले चाँही अरुलाइ सहकारीको साधरण सभा तडक भडक नगरी कम खर्चमा गर्न सल्लाह दिइरहेको हुन्छन् । अझ नियामक निकायका पदाधिकारी हरुलाइ प्लेन चढाएर होस् वा गाडी रिजर्भ गरेर मेची महाकालीको यात्रा गरेकै छन् । भड्कीलो साधारणसभामा देखिएका गतिविधीलाई सहकारी मापदण्डमा रहेर सम्बन्धित कार्यालय वा विभागले सचेत गराउन सक्ने व्यवस्था भए पनि त्यसको उल्टो प्रयोग हुन थालेको छ । सभामा गरिने खर्चको मापदण्ड तयार गरी वार्षिक कार्यक्रम तथा वजेटमा समावेश गर्ने, साथै खर्च गर्ने स्पष्ट आधार, जिम्मेवारी तथा खर्चको सीमा समितिबाट पूर्व निर्णय गरी कार्यान्वयन गर्नु पर्ने कानुनी व्यवस्था भए पनि त्यसको सहि रुपमा कायान्वयन हुन सकि रहेको छैन । साधारण सभालाई तडक भडक र भडकिलो वनाउनेमा सहकारी नेता र नियामकहरुनै अगाडी देखिन्छन् । विकृतिको प्रारम्भ पनि त्यहीबाट सुरु हुन्छ । सभामा उपस्थिती हुने सरकारी निकाय र अभियान दुबै खादाको न्यानो तापमा गुटुमुटु परेर गल्ती देखाउने आँट नगर्दा विकृति झनै मौउलाउदै गएको छ ।
प्रमुख अतिथी देखि अतिथी बन्न तँछाड मछाड गर्ने अभियानका नेता र सरकारी निकायका कर्मचारीहरु साधारण सभा कम रात्रिकालिन भोजमा कक्टेल सहितको डिनरमा सदस्यको पैसा माथि रजाई गर्ने र गराउने प्रवृति अहिले सम्म छुट्न सकेको छैन । यही विकृतिले सहकारी मूल्य मान्यतामा रहेर संचालन भएका संस्थाहरु लाई समेत अप्ठ्यारो वनाएको छ । अझ सहकारीमा भित्र्याइएका यस्ता विकृतिहरु लाई तिनै नेताहरुले ढाक छोप गरिदिनाले विकृतिको जरो मासिने संभावना न्युन छ भने सहकारीमा देखिएका संभावनाहरु गर्वमा नै तुहिन बेर छैन । सहकारीलाइ शुन्य विकृतिको क्षेत्र चाहने हरुले अझ सहकारी नेताले कार्यक्रममा सहकारीका सिद्धान्त घोकाएर हैन पालना गराएर र सवै भन्दा पहिला आफैले पालना गरेर देखाउनु जरुरी छ । परिवर्तन अरुवाट हैन, आफैंवाट सुरु गरे कसो होला । आफैं फुस्फुसाउने अनी अरुलाइ गन्हयो भन्न मिल्छ र ? की कसो त !
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार