२१ कात्तिक २०८३, शनिवार

राष्ट्र बैंकले १० अर्ब निक्षेप खिच्ने

२०७१ पुष २२, मङ्गलबार
राष्ट्र बैंकले १० अर्ब निक्षेप खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट फेरि १० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले ३ महिनाको अवधिका लागि बैंकबाट निक्षेप खिच्न लागेको हो । 

भदौ ३ गते पहिलोपटक २० अर्ब रुपैयाँ निक्षेप उठाएको राष्ट्र बैंकले त्यसपछि २ पटक गरी ४० अर्ब रुपैयाँ निक्षेप बजारबाट उठाएको थियो । भदौमा लिएको निक्षेपको अवधि सकिएको र दसंैमा बजारमा गएको रकमसमेत क्रमशः बैंकिङ च्यानलमा फर्किएपछि तरलता बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवत्ता मनमोहनकुमार श्रेष्ठले बजारमा तरलता बढी भएकाले त्यसलाई खिच्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरिएको जानकारी दिए । “अहिलेको बजारमा ४२ अर्बको हाराहारीमा तरलता छ,” उनले भने, “यसको व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन लागिएको हो ।”

कार्यक्रमअन्तर्गत वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट बोलकबोलमा निक्षेप संकलन गरिेनेछ । बैंक तथा वित्तीय संस्थाले निक्षेप राख्नका लागि मंगलबारसम्म राष्ट्र बैंकमा ब्याजदरसहितको प्रस्ताव पेस गर्नुपर्ने छ, जसले कम ब्याजदर प्रस्ताव गर्छ उसैबाट बैंकले निक्षेप संकलन गर्नेछ । ‘यसका लागि एउटा बैंकले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोडले निशेष भाग जाने रकम प्रस्ताव गर्न पाउनेछ’ केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्र बैंक चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बजारबाट तरलता खिच्नका लागि निक्षेप संकलन उपकरण प्रयोग गरिने घोषणा गरेको थियो । यसका लागि केन्द्रीय बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले निक्षेप संकलन उपकरणसम्बन्धी कार्यविधिसमेत जारी गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्ने यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दातमा (सीआरआर) मा गणना गर्न पाउने छैनन् । तर, यो रकम वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात (लिक्विडिटी रेसियो) मा भने गणना गर्न पाउने राष्ट्र बैंकले जनाएको अाजकाे काराेबार दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय