सहकारी नीति कार्यान्वयन गर्न ‘एक्सन प्लान’
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले राष्ट्रिय सहकारी नीति २०६९ कार्यान्वयन गर्न ‘एक्सन प्लान’ बनाइने बताएका छन् ।
जिआईजेटको प्राविधिक सहयोगमा नीति कार्यान्वयन गर्न ‘एक्सन प्लान’ बनाउन लागिएको उनले बताए । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘राष्ट्रिय अर्थतन्त्रमा साना किसान सहकारीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार पौडेलले सो कुरा बताएका हुन् ।
त्यस्तै पौडेलले सहकारी संस्थाले पनि अब ‘सहकारी उद्योग’ खोल्न पाउने बताए । शंसोधनको क्रममा रहेको सहकारी ऐन २०४८ मा सहकारीले उद्योग खोल्न पाउने प्रावधान राखिएको बताए । ‘सहकारीले कृषि उद्योग स्थापना गर्न सके राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ ।’ उनले भने, ‘दूध, मासुजस्ता कृषि उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा सहकारीको योगदान बढ्ने छ ।’ कृषि क्षेत्रको विकास गर्न कृषि बीमातर्फ कृषकलाई आकर्षित गर्दै सहकारीमार्फत कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा साना किसान विकास बैंक तथा नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठकले सहकारीले उद्योग संचालन गर्न नपाउने समस्याले कृषि सहकारीले प्रगति गर्न नसकेको बताए । कृषिको विकासका लागि ‘एक गाविस, एक उत्पादन’मा जोड दिनुपर्ने उनको भनाई थियो ।
सिचाई, प्रविधि, रिसर्चको अभावका कारण सहकारीले कृषिमा रचनात्मक काम गर्न नसकेको पाठकले बताए । ‘साना किसान सहकारीले किसानहरुलाई व्यवसायिक बनाएको छ ।’ उनले भने ‘किसानलाई अझ व्यवसायीक बनाउन सिप र प्रविधिमा जोड दिनु पर्छ ।’ सहकारी मार्फत कृषि क्षेत्र व्यवसायिक बन्दै गएको उनको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
