पुस २५ गतेदेखि चितवन महोत्सव
काठमाडौं । चितवन महोत्सवको दशौं संस्करण यहि पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य संघ चितवन, चितवन जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघले संयुक्त रुपमा महोत्सव गर्न लागेका हुन् ।
आयोजक संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएका हुन् । नारायणी नदी किनार नारायणगढमा १० बिगाह क्षेत्रफलमा हुने महोत्सवमा ४ सय ७५ वटा स्टल राखिने आयोजकले बताएका छन् । उनीहरुका अनुसार महोत्सवमा राखिने स्टलको ५ करोड रुपैयाँको बिमा समेत गरिएको छ । महोत्सवमा अटो, सूचना तथा प्रविधि, पोल्ट्री, बाल उद्यान, बैंक तथा वित्तिय संस्था, रेण्टुरेण्ट, जनजातिका रहनसहन झल्कने घर, माछा पोखरीका अलग अलग परिसर रहने छन् । महोत्सवका दुई दिन प्याराब्याटिक्स शो गरिने छ । यसका लागि आयोजकले स्पेनबाट २ र आयरल्याण्डबाट १ जना प्यारामोटर पाइलटलाई झिकाउँदै छन् ।
आयोजकले महोत्सव सम्पन्न गर्न लागि ७ सय सदस्यीय मूल समिति, ३६ सदस्यीय स्टेरिङ समिति र ४२ सदस्यीय सल्लाहकार समिति गठन गरेका छन् । महोत्सवमा हेलिकोप्टरबाट चितवनका रमणीय स्थलको अवलोकनको व्यवस्था मिलाइएको महोत्सवका संयोजक कल्याण जोशीले बताए ।
महोत्सवका क्रममा चितवन जिल्लाको विकास सम्बन्धमा सभासदको उपस्थितिमा कार्यशाला गोष्ठी गर्ने कार्यक्रम तय गरिएको छ । करिब ५ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २० करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
