२१ कात्तिक २०८३, शनिवार

सहकारीद्धारा रेमिट्यान्स सेवा सुरु

२०७१ पुष १९, शनिवार
सहकारीद्धारा  रेमिट्यान्स सेवा सुरु

धादिङ । सदरमुकाम धादिङबेसीमा संचालित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले रेमिट्यान्स सेवा सुरु गरेको छ ।
यस वर्षको सफल सहकारीको ब्राण्ड पाएको सहकारीले सेयर सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै श्रोत एक्सप्रेस नामबाट रेमिट्यान्स सेवा सुरु गरेको हो । जिल्लामा रेमिट्यान्स सेवा दिने श्रोत परिचालन पहिलो सहकारी हो ।
सहकारीले प्रभु मनी ट्रान्सफर (प्रमु रेमिट्स) र इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) संग भुक्तानी संझौता गरेर अन्यत्रबाट पठाएको रकम निकाल्न मिल्ने र रकम पठाउन मिल्ने व्यवस्था मिलाएको सहकारीका अध्यक्ष नवराज शर्माले बताए ।
विदेशबाट प्रभु रेमिट्स र आईएमई मार्फत पठाएको रकम श्रोत एक्सप्रेसबाट सजिलै भुक्तानी लिन सकिने शर्माले जानकारी दिए । सहकारीले छिट्दै अन्य रेमिट्स सेवा प्रदायक कम्पनीहरुसंग पनि सम्झैता गरेर सेवा विस्तार गर्न लागेको पनि उनले जानकारी दिए।
हाल सहरकारी संचालनमा रहेको स्थानबाट नै रेमिट्यान्स सेवा दिने सहकारीका ऋण सहायक पार्वती श्रेष्ठलेब बताए । सहकारीले शनिबार आफ्नै भवनमा पत्रकार सम्मेलन गरेर सेवा सुविधाको बारेमा जानकारी गराएको हो ।
 पत्रकार महासंघको भवन निर्माणमा सहयोग
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको भवन निर्माणको लागि आर्थिक सहयोग उलपब्ध गराएको छ ।
शनिबार धादिङबेसीमा आयोजित एक कार्यक्रमकाबीच सहकारीका अध्यक्ष नवराज शर्माले पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीलाई नगद ५ हजार रुपैया हस्तान्तरण गरे ।
 

अभिलेख

लोकप्रिय