मान्यता अनुसार नचल्दा सहकारी आन्दोलनमा समस्या
काठमाडौ । कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले विलासी पेय पदार्थलाई नेपालबाट विस्थापित गरिने बताएका छन् ।
अन्तर्राष्टिय परिवारिक खेती वर्ष २०१४ को समापन तथा नेपालमा परिवारिक खेती दशक घोषणा र नेपाल कृषि सहकारी केन्द्रीय संघको सातौ साधारणसभाको उद्घाटन गर्दै कृषि मन्त्री पराजुलीले नेपालमा रहेको खाद्य आयातको तथ्याङ समेत मिथ्याङ्क रहेको बताए ।
रेडबुलजस्ता विलासी पेय पदार्थ आयात भइरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै नै विस्थापित गर्ने मन्त्री पराजुलीले प्रतिवद्धता जनाए । कृषि आयातलाई न्युनिकरण गर्न स्थानीय उत्पादनलाई बढावा दिने सरकारको लक्ष्य रहेको मन्त्री पराजुलीले कथन थियो । कृषि मन्त्री पराजुलीले आफूले कृषि क्षेत्रमा पनि उल्लेख्य सुधार गर्न नसकेको बताए । उनले बजेट र नीतिमा राजनीतिक फाइदा खोज्ने परिस्थिती कायम रहेकोेले आफूले सुधार गर्न नसकेको उल्लेख गरे ।
मन्त्री पराजुलीले कृषि सहकारीलाई कुल लागतको ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि सारेको बताए । कृषि सहकारी क्षेत्रमा दुई करोड सम्म लगानी गर्नेले एक करोड अनुदान पाउने मन्त्री पराजुलीको भनाई छ । आगामी जुलाईदेखि अनुदान कार्यक्रम थालनी गरिने पनि उनले स्पष्ट गरे । मन्त्री पराजुलीले सहकारी क्षेत्र सहकारी मान्यता अनुसार नचल्दा सहकारी आन्दोलन नै समस्यामा परेको बताए । सहकारीको समस्या समाधानको लागि सहकारी ऐन २०४८ नै संसोधन गर्नुपर्ने आवश्यकता भएकाले सरकार र राष्ट बैंक समेत मिलेर सहकारी ऐन संसोधन गर्न लागि परेको मन्त्री पराजुलीले बताए ।
मन्त्री पराजुलीले पारिवारिक खेती दशकले कार्यक्रम प्रभावकारी गर्न सकिए जलवायु परिवर्तनको असरलाई कम गर्न सघाउ पुर्याउने जनाए । सरकारले चालु आर्थिक वर्षमा २३ अर्ब २८ करोड कृषि बजेट विनियोजन गरेको छ । विनियोजित वजेट मध्ये १३ अर्व सिधै कृषकको घरमा पु¥याउने सरकारको योजना रहेको मन्त्री पराजुलिले बताए ।
यस्तै नेपाल राष्ट बैकका गभर्नर युवराज खतिवडाले कृषिको स्थायित्वको लागि कृषि विमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कृषि विमालाई गाउ गाउमा पुर्याउन नसके तर्फ इंगित गर्दै खतिवडाले सरोकारवलाहरु निकायले कृषि विमालाई प्रभावकारी बनाउन जरुरी रहेको बताए ।
राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी मार्फत कृषि कार्यक्रमलाई प्रभावकारी ढंगले बढाउन जरुरी रहेको बताए । यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानले उत्पादन गरेको कृषि उपज विक्रि वितरणका लागि बजारको समस्या रहेको बताए । उनले नीति निमार्ण तहमा वस्नेहरुको उदासिनताकै कारण किसानहरुले अपनत्व हुने कृषि वजार अहिलेसम्म वन्न नसकेको प्रति दुःख प्रकट गरे । कृषि सहकारी केन्द्रीय सहकारी संघले चितवनमा ३० करोड लगानीमा कृषि सहकारी तालिम केन्द्र निमार्ण गर्न लागेको बताउँदै यस पछि आम किसानहरुलाई व्यवसायिक स्थाईत्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साना किसान कृषि सहकारी संस्थाहरुको छाता संगठनका रुपमा २०६४ सालामा स्थापना भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आप्mना सदस्यहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न व्यवसायिक तथा रणनैतिक योजना बनाउन सहयोग पु¥याई गैर वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ । ६५ जिल्लाका ६ सय १५ सदस्य संघसंस्थाहरुलाई आप्mनो सेवा प्रत्यक्ष रुपमा दिँदै आएको छ । संघमा सदस्य संस्थाहरुको कुल आन्तरिक पुँजी १३ अर्व भन्दा बढि रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
