२१ कात्तिक २०८३, शनिवार

प्रभु बैंकलाई उपाधी

२०७१ पुष १५, मङ्गलबार
प्रभु बैंकलाई उपाधी

चितवन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निकै रोचक मानिएको हात्ति फुटवल प्रतियोगिताको उपाधी प्रभु बैंकले हात पारेको छ । चितवनको सौराहमा सम्पन्न हात्ति फुटवल प्रतियोगितामा प्रभु बैंकले ग्राण्डी इन्टरनेश्नल हस्पिटललाई १ गोल अन्तरले पछाडि पारेको हो । खेलको समय सकिँदा दुवै पक्षबाट बराबर गोल हुन पुग्यो । खेल पेनाल्टी सुटआउटमा जाँदा प्रभु बैंकले ग्राण्डी इन्टरनेश्नल हस्पिटललाई १ गोलले पछाडि पारेको हो ।
प्रभु बैंकको तर्फ बाट प्रतिनिधित्व गरेका हात्ती छावाहरुले ग्राण्डी इन्टरनेश्नल हस्पिटलका छावाहरुलाई पछाडि पार्न निकै चुनौतिको सामना गर्नुपर्यो । जसले गर्दा फाइनल खेल अत्याधिक रोचक बन्न पुग्यो । यसअघि आइतवार भएको खेलमा प्रभु बैंक सीजी फुड्सलाई ४–३ गोलको अन्तरले पछाडि पार्दै फाइनलमा प्रवेश गरेको हो । हात्ति छावाहरुको फाइनल फुटवल खेल हेर्न दर्शकहरुको उल्लेखनीय भीड लागेको थियो । स्वदेशी मात्र नभई सयौं विदेशी पर्यटकहरुले समेत खेल हेरेर मनोरञ्जन लिए । हात्ति फुटवल प्रतियोगितालाई नेपालमा हुने अन्य फुटवल प्रतियोगिताभन्दा फरक र रोचक मानिन्छ ।

अभिलेख

लोकप्रिय