गैडाकोट साकोसको स्वास्थ्य शिबिर
नवलपरासी । गैडाकोट साकोसको आयोजना महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना सहितको श्राव परिक्षण गर्ने स्वास्थ्य शिबिर आज सम्पन्न भयो । संस्थाका अध्यक्ष प्रेमबहादुर गुरुङ र शिक्षा उप समितिको समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब २०० जनाको महिलाहरुको सहभागिता रहेको थियो भने ४१ जना महिलाहरुको पाठेघरको श्राव परिक्षण गरेका थिए ।
स्तन तथा पाठेघरको क्यान्सर भनेको केहो, यो रोग कसरी लाग्छ, यसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउनु भएका प्राबिधिकहरु बाट सचेतना कक्षा संचालन भएको थियो जसमा शर्मिला न्यौपाने, मन्जु शर्मा र जमुना अधिकारीले सहजीकरण गरेका थिए । सदस्यहरुको बढदो चाप र अनुरोधलाई ध्यान दिदै आगामी पौष २१ गते सोमबार यस्तै कार्यक्रम पुन आयोजना गरिने संस्थाका अध्यक्ष प्रेमबहादुर गुररुङले जनाकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
