रामकोट सहकारीको ५ औं साधारणसभा सम्पन्न, जिल्लामै पहिलो पटक एस.एम.एस सेवा दिने
धदिङ । नीलकण्ठ नगरपालीका– ८ मा स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लि.ले जिल्लामै पहिलोपटक आफ्ना सदस्यहरुलाई एस.एम.एस दिने भएको छ ।
संस्थाको शनिवार सम्पन्न ५ औं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष हेमराज श्रेष्ठले सदस्यहरुको सुविधालाई मध्येनजर गरी एस.एम.एस सेवा प्रदान गर्न लागिएको बताए । चालु आर्थिक वर्षबाट शुरु गर्न लागिएको यस सुविधाबाट सदस्यहरुले आफ्नो वचत, ऋण, ब्याज आफ्नै मोबाइलबाट जुनसुकै समयमा जानकारी लिन सक्ने श्रेष्ठले बताए ।
संस्थाले गत अर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७०÷०७१ मा ३६ प्रतिशतले कुल आम्दानी बृद्धि गरेको छ । यस आ.ब.मा संस्थाले कुल आम्दानी १४ लाख ११ हजार ८ सय ६८ रुपैँया गरेकोमा १२ लाख ४८ हजार ३ सय १४ रुपैँया खर्च भएको संस्थाका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । जसबाट खुद मुनाफा २ लाख १३ हजार ५ सय ५४ रुपैँया भएको उनले बताए ।
संस्थाले यस बर्ष जगेडा कोषमा ५३ हजार ३ सय ५२, शेयर लाभांस कोषमा ३२ हजार ३३, संरक्षित पुँजीफिर्ता कोष ६४ हजार ६६, कर्मचारी बोनस कोष ८ हजार ८, सहकारी विकास कोष २४ हजार २५, सहकारी शिक्षा कोष १६ हजार १७, घाटापुर्ती कोष ८ हजार ८ र डुवन्त ऋण कोष ८ हजार ८ रुपैँया यस वर्ष व्यवस्था गरेको संस्थाले जनाएको छ ।
आर्थिक वर्ष २०७०/७१ को अषाढ मशान्त सम्ममा कुल पुँजी तथा दायित्व १ करोड ११ लाख ९३ हजार ८ सय ९६ रुपैँया भएको छ । जुन गत बर्षको तुलनामा ७० प्रतिशतले बृद्धि भएको हो । जसमा कुल शेयर पुँजी १५ लाख ८९ हजार ५ सय, जगेडा कोष २ लाख ३५ हजार ९ सय १९, अन्य कोष हिसाबमा ३ लाख १४ हजार ६ सय ३८, सदस्यहरुबाट बचत प्राप्ति ८८ लाख ४५ हजार ६ सय ३० रुपैँया, ऋण सुरक्षण कोष १ लाख ६४ हजार ३ सय ८१, भुक्तानी दिनुपर्ने हिसाब ४३ हजार ८ सय २८ रुपैँया रहेको जनाएको छ ।
संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरोन्नती गर्दै स्वावलम्बी, दिगो र आत्मनिर्भरता बढाउने अभिप्रायले वि.सं. २०६६ साल कार्तिक १० गते डिभिजन सहकारी कार्यालय धादिङमा विधिवत रुपमा दर्ता भएको थियो । ४ रुपैँया गाडिभाडाको बचतबाट शुरु भएको यो सहकारी हाल १ करोड ३० लाख हाराहारीमा कुल सम्पती र पुँजी तथा दायित्व रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
