२१ कात्तिक २०८३, शनिवार

‘सहकारीको अनुगमन सदस्यहरुले नै गनुपर्ने’

२०७१ पुष १३, आईतवार
‘सहकारीको अनुगमन सदस्यहरुले नै गनुपर्ने’

देहाती । लालिगुसाँस बचत तथा ऋण सहकारी संस्था लि.अलौं–७ पर्साको १३ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरेराम पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण कुमार बस्नेत रहेका थिए ।

कार्यक्रममा बोल्दै बस्नेतले सहकारी संस्थाको अनुगमन सहकारीका सदस्यहरु आफैले गर्नुपर्ने बताए । ‘कुनै पनि सहकारीका सदस्य बन्नु अघी सहकारीको बारेमा सबै कुरा थाह पाउनु जनताको अधिकार हो’ उनले भने ।

संस्थामा एक हजार ८ सय ५७ सदस्य रहेका छन् । हाल संस्थाले २२ करोडको कारोबार गरीरहेको छ ।

अभिलेख

लोकप्रिय