साकोस अभियानलाई गुणात्मक र जोखिमरहित बनाउन सहकारीकर्मी अग्रसर हुनुपर्ने, चितवन बचत संघमा तेजेन्द्र खडका
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले सहकारी अयिभान विशेषतः बचत तथा ऋण सहकारी क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन सहकारीकर्मीहरु अग्रसर हुनुपर्ने बताएका छन् । चित्तवन जिल्ला बचत तथा ऋण सहकारी संघको पन्ध्रौं वार्षिक साधारणसभामा बोल्दै पौड्यालले उक्त कुरा बताएका हुन् । ‘बचत तथा ऋण सहकारी अभियानले महत्वपूर्ण उपलव्धिहरु सिर्जना गरेका छन् ।’ उनले भने– ‘गांउगांउमा आर्थिक सामाजिक रुपले पछि परेका समुदायवीच पूंजीको विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन । सहकारी सुशासन, सिद्धान्त र विधिहरुको पालना नगर्दा जोखिमहरु पनि देखा परेका छन ।’ अवसर र जोखिमहरुको व्यवस्थापनका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यकता परेको र त्यसका लागि बहशपैरवी नेफ्स्कूनले गरिरहेको महासचिव पौड्यालले बताए ।
वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक नवराज सापकोटाले मुलुकको सहकारी अभियानमा बखान सहकारी संस्थाको उपस्थितिसंगै बचत तथा ऋण सहकारी अभियानमा अग्रणी जिल्लाको रुपमा स्थापित भएको बताए ।
वार्षिक साधारणसभाको वन्दसत्रले अध्यक्ष सापकोटा, सचिव अधिकारी, लेखा संयोजक सूर्यप्रसाद अधिकारी, कोषाध्यक्ष विद्या कोइरालाले प्रस्तुत गर्नु भएका प्रतिवेदनहरु सुझावसहित पारीत गरेको छ । जिल्लाका १७२ बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको संघमा करीव एक करोडको कारोवार भई रहेको छ ।
वार्षिक साधारणसभाले तेजेन्द्र खड्काको नेतृत्वमा सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिमा उपाध्यक्ष हरिश्चन्द्र सुवेदी, सचिव विद्या कोइराला, सहसचिव केशव रेग्मी, कोषाध्यक्ष रामराज पौडेल, सदस्यहरु विष्णुकुमारी थारु, ध्रुवराज मिश्र, शालिकराम घिमिरे र ईश्वरी शर्मा ढकाल रहेका छन् । त्यसैगरी लेखा समितिमा भरत दवाडी, सदस्यहरु चुडामणि पौडेल र पूर्णभद्र पनेरु निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
