२१ कात्तिक २०८३, शनिवार

सहकारी संस्थाको लेखापरिक्षण चुनौतिपूर्ण

२०७१ पुष ११, शुक्रबार
सहकारी संस्थाको लेखापरिक्षण चुनौतिपूर्ण

हेटौडा । डिभिजन सहकारी कार्यालय हेटौडाले सहकारी संघ संस्थाहरुको लेखापरिक्षण गर्ने रजिस्टर्ड अडिटरहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको  छ । सहकारी लेखापरिक्षण संग सम्वन्धि समस्याहरु, लेखापरिक्षण प्रतिवेदनको पारदर्शिता बढाउने उद्देश्यले कार्यक्रम गरिएको  डिभिजन सहकारी कार्यलय मकवानपुरका प्रमुख भीम परियार  जानकारी दिए ।

कार्यक्रम वोल्दै राष्ट्रिय सहकारी संघका संचालक वद्री लम्सालले अहिलेकै व्यवस्था अनुसार सहकारी संस्थामा लेखापरिक्षण चुनौतिपूर्ण रहेको बताए ।  सहकारी ऐन मै संशोधन गरी भएको व्यवस्थालाई कडाईका साथ लागू गर्दै जान पर्ने औल्याए  ।  सहकारी लेखापरिक र विषयगत संघहरुको सहभागीता र समन्वयमा प्रारम्भिक सहकारी संस्थाहरुलाई आधारभूुत विषयहरु वारे जानकारी दिन आवश्यक रहेको केन्द्रिय दुग्ध सहकारी संघका  अध्यक्ष नारायण प्रसाद देशवकोटाले  बताए  । कार्यक्रममा सहकारी लेखापरिक्षण सम्वन्धि नितिगत प्रावधान, समस्या र समाधानका लागि आवश्यक पहल भन्ने विषयमा प्रमुख परियारले कार्यक्रपत्र प्रस्तुत  गरेका थिए ।  सहकारी लेखापरिक्षण्मा एकरुपता विषयमा अडिटर एसोसियसनका केन्द्रिय सदस्य राजेन्द्र ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए  ।
कार्यक्रममा जिल्लाका ३० भन्दा वढि लेखापरिक्षकहरु,केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला वहुउद्देश्यी सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष पूर्ण वहादुर खानाल, जिल्ला बचत संघको कोषाध्यक्ष विरेन्द्र प्रसाद ढुंगाना लगायतको सहभागीता रहको थियो ।

अभिलेख

लोकप्रिय