ठगीको आरोपमा अग्निज्वाला साकोसका उपाध्यक्ष कँडेल पक्राउ
काठमाडौं ।अग्निज्वाला बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष एवम् लेखा प्रमुखको समेत जिम्मेवारीमा रहेका मधुसुदन कँडेललाई रकम हिनामिना गरी ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । कँडेललाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार पक्राउ गरेको हो ।
काभ्रेपलान्चोक जिल्ला खरेलथोक–२ घर भई हाल कामनपा–१४ कुलेश्वर बस्ने कँडेलले उक्त सहकारी संस्थाका पदाधिकारीको अनधिकृत हस्ताक्षरसमेत गरी रु २९ लाख ५० हजार बराबरको रकम हिनामिना गरी सर्वसाधारणले जम्मा गरेको निक्षेप रकम ठगी गरेको भनी उक्त संस्थाकै अध्यक्ष बाबुराम पाण्डेले सञ्चालक समितिको निर्णयसहित जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
