२१ कात्तिक २०८३, शनिवार

सहकारी मार्फत दुग्ध किसान संगठित

२०७१ पुष ९, बुधबार
सहकारी मार्फत  दुग्ध किसान संगठित

तेह्रथुम । गाउँ–गाउँमा सहकारी मार्फत संगठित भएर किसानहरुले दुध उत्पादन गर्न थालेपछि तेह्रथुम जिल्लाबाट दुध निकासी बढेको छ । जिल्लामा व्यावसायिक रुपमा उन्नत जातका गाईभैँसी पालन गर्न थालिएकाले पनि दुध निकासी बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले जानकारी दिए ।
तेह्रथुम जिल्लाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा मात्र ४ सय ५० मेट्रिक टन अर्थात् ४ लाख ५० हजार लिटर दुध जिल्ला बाहिर निर्यात भएको छ । यो कुल उत्पादनको करिब ८५ प्रतिशत हो ।
बांकी १५ प्रतिशत दुध भने जिल्लामा तिनै सहकारी मार्फत सञ्चालित दुध विक्री केन्द्रहरु मार्फत खपत हुने गरेको छ । गत वर्ष जिल्लाबाट उत्पादनको ७३ प्रतिशत अर्थात् ५ हजार ४ सय २३ मेट्रिक टन दुध जिल्ला बाहिर निकासी भएको थियो ।
अहिले जिल्लाभरिका किसानबाट करिब तीन दर्जन दुग्ध सहकारी संस्था मार्फत जम्मा भएको  ४ हजार लिटर बढी दुध दैनिक रुपमा धरान, विराटनगर लगायतका बजारहरुमा निकासी हुने गरेको छ ।
प्रति लिटर ३५ देखि ४० रुपैयांसम्ममा निकासी हुने गरेको दुधबाट मात्र जिल्लामा गत वर्ष १८ करोड बढी रुपैयाँ भित्रिएको थियो ।

अभिलेख

लोकप्रिय