सहकारी मार्फत दुग्ध किसान संगठित
तेह्रथुम । गाउँ–गाउँमा सहकारी मार्फत संगठित भएर किसानहरुले दुध उत्पादन गर्न थालेपछि तेह्रथुम जिल्लाबाट दुध निकासी बढेको छ । जिल्लामा व्यावसायिक रुपमा उन्नत जातका गाईभैँसी पालन गर्न थालिएकाले पनि दुध निकासी बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले जानकारी दिए ।
तेह्रथुम जिल्लाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा मात्र ४ सय ५० मेट्रिक टन अर्थात् ४ लाख ५० हजार लिटर दुध जिल्ला बाहिर निर्यात भएको छ । यो कुल उत्पादनको करिब ८५ प्रतिशत हो ।
बांकी १५ प्रतिशत दुध भने जिल्लामा तिनै सहकारी मार्फत सञ्चालित दुध विक्री केन्द्रहरु मार्फत खपत हुने गरेको छ । गत वर्ष जिल्लाबाट उत्पादनको ७३ प्रतिशत अर्थात् ५ हजार ४ सय २३ मेट्रिक टन दुध जिल्ला बाहिर निकासी भएको थियो ।
अहिले जिल्लाभरिका किसानबाट करिब तीन दर्जन दुग्ध सहकारी संस्था मार्फत जम्मा भएको ४ हजार लिटर बढी दुध दैनिक रुपमा धरान, विराटनगर लगायतका बजारहरुमा निकासी हुने गरेको छ ।
प्रति लिटर ३५ देखि ४० रुपैयांसम्ममा निकासी हुने गरेको दुधबाट मात्र जिल्लामा गत वर्ष १८ करोड बढी रुपैयाँ भित्रिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
