२१ कात्तिक २०८३, शनिवार

नागरिक साकोसको निक्षेप ३७ प्रतिशत वृद्धि

२०७१ पुष ८, मङ्गलबार
नागरिक साकोसको निक्षेप ३७ प्रतिशत वृद्धि

उदयपुर । सदरमुकाम गाईघाटस्थित नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निक्षेप सङ्कलनमा वृद्धि भएको छ ।
संस्थाले आयोजना गरेको वार्षिक साधरणसभाको क्रममा आर्थिक वर्ष २०७०–७१ का लागि संस्थाका अध्यक्ष सरोजकुमार बस्नेतद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनले यस्तो देखाएको हो ।
प्रतिबेदनका अनुसार संस्थाको कुल शेयर पूँजी आर्थिक वर्ष २०७०–७१ मा २१ लाख ५३ हजार दुईसय देखिएको छ । गएको आव २०६९–७० मा योक्रम २० लाख ४४ हजार नौसय रहेको थियो ।
संस्थाको निक्षेप संकलनमा उल्लेखनीय सुधार आएको देखिएको छ । जसअनुसार गत आव २०६९–७० मा कुल निक्षेप ७५ लाख तीनहजार दुईसय १९ रहेकोमा चालु आव २०७०–७१ मा एककरोड दुईलाख ९९ हजार तीनसय ४० पुगेको व्यावस्थापक सुरेन्द्र शर्माले जानकारी दिए । त्यस्तै गएको वर्षको तुलनामा यो अंक ३७ प्रतिशतले वृद्धि भएको हो ।
ऋणप्रवाह र असुलीमा पनि सुधार देखिएको छ । जसअनुसार आव २०६९–७० मा एककरोड, १३ लाख ३४ हजार एकसय २६ रहेकोमा चालु आव २०७०–०७१ मा बढेर एककरोड ४८ लाख २२ हजार तीनसय ४० रुपियाँ पुगेको संस्थाले जनाएको छ ।
आव २०७०–०७१ मा संस्थाले कुल आम्दानी ३३ लाख १२ हजार सातसय ८७ गरेकोमा ३० लाख ४७ हजार दुईसय ६३ खर्चेको छ ।
दुईलाख ६५ हजार पाँचसय २३ खुँद मुनाफामध्ये कर्मचारी बोनस खर्च तथा आयकर कट्टागरी एकलाख ९३ हजार एकसय आठ रुपियाँ खुँद नाफा कमाएको छ ।

अभिलेख

लोकप्रिय