लागत अनुसार मूल्य पाउनु पर्छःदुग्ध सहकारी संघ
चितवन । केन्द्रीय दुग्ध सहकारी संघले दूधको लागत अनुसार मूल्य पाउनु पर्ने माग गरेको छ । सरकारले उपभोक्ता मुल्य ८ रुपैयाँ बढाउने तयारी गरीरहेको बेला संघले पनि किसानले अझै पनि लागत अनुसारको मूल्य नपाएको भन्दै समायोजन गर्न माग गरेको हो ।
संघका अनुसार किसानले अझै पनि प्रतिलिटर १३ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । सरकारले दूधको मूल्य ८ रुपैयाँ बढाएमा दुध उत्पादन गर्ने किसानले हालको मूल्य भन्दा ५ देखी साँढे ५ रुपैयाँ बढि पाउने छन् । अहिले किसानले प्रतिलिटर ३४ रुपैयाँदेखी ३६ रुपैयाँसम्म प्रतिलिटर पाएका छन् । यो लागत मूल्य भन्दा अझै १० देखी १३ रुपैयाँ घाटा हो । संघका अनुसार चार प्रतिशत फ्याट र आठ एसएनएफ स्तरको दूध किसानले ३४ देखि ३७ रुपैयाँ प्रतिलिटरमा विक्री गर्दै आएका छन् ।
किसानले धेरै समयदेखी घाटा व्यहोर्नु परेको भन्दै संघले लागत अनुसारको मूल्य पाउनु पर्ने भनेर सरकारलाई सिफारीस गरेको संघका केन्द्रिय लेखा समिति सदस्य एवंम नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था चितवनका अध्यक्ष बालकृष्ण उप्रेतीले बताए । सरकारले दुधको मुल्य ८ रुपैयाँ बढाएमा बढेको मूल्यमा ६९ प्रतिशत किसान तथा ३१ प्रतिशत उद्योगले पाउने उप्रेतीले बताए । तर सरकारले बढाउन लागेको मूल्यले किसानलाई राहत भने मिल्ने संघले जनाएको छ ।नेपालमा घाँसमा आधारित दानाको उत्पादन नहुँदा, स्वदेशी दाना उत्पादनकर्ताले भारतलगायत तेस्रो मुलुकबाट महँगोमा मकै, पिना, भटमास आयात गर्दा तथा बिजुलीमा समेत किसानलाई विशेष छुटको व्यवस्था नहुँदा लागत मूल्य बढ्न गएको छ । सरकारले यही महिना भित्र कच्चा दूधको लागत मूल्यअनुसार समायोजन गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै एक लिटरमा आठ रुपैयाँसम्म बढाउने तयारी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
