२१ कात्तिक २०८३, शनिवार

कामद सहकारीका अध्यक्ष पौडेल फरार, कोषाध्यक्ष तण्डुकार पक्राउ

२०७१ पुष ७, सोमबार
कामद सहकारीका अध्यक्ष पौडेल फरार, कोषाध्यक्ष तण्डुकार पक्राउ

काठमाडौं । कामद बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवराज पौडेल ग्राहकको करोडौं रुपैयाँ लिएर भारततर्फ पलायन भएको थाहा भएको छ ।
बचतकर्ताहरुले आफु ठगिएको आरोपसहित उजुरी गरेपछि डिभिजन सहकारी कार्यालय काठमाडौंको सिफारिसमा अध्यक्ष पौडेललाई खोज्न गएको प्रहरीले आइतबार उनलाई भेटेन । लुकेर बसेको अवस्थामा प्रहरीले सो सहकारीकी कोषाध्यक्ष निर्मला तण्डुकारलाई पक्राउ गरेको छ । उनले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानअनुसार अध्यक्ष पौडेल केही महिनाअघि नै काठमाडौंबाट भागेर भारत प्रवेश गरेको आजको आर्थिक दैनिनमा खबर छ ।

अभिलेख

लोकप्रिय