राष्ट्रिय सहकारी बैंकमा मिचाहा प्रवृत्ति हावी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा मिचाहा प्रवृत्ति हावी देखिएको छ । राजनीतिक आस्था र पहुँचका भरमा बैंकको उच्च व्यवस्थापन र सञ्चालकले राष्ट्र बैंकको ऐन नियमको समेत धज्जी उडाएको स्वयम् राष्ट्र बैंकको स्थलगत अध्ययन प्रतिवेदनबाट सार्वजनिक भएको छ ।
बैंकले वि.सं. २०६७ साल साउन ४ गतेबाट राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति पाएको र अनुमति प्राप्त गर्न शाखा सञ्चालन गर्दा राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने प्रावधान रहेको थियो । तर बैंकले २०६७ सालमा उर्लाबारी, मोरंग र दमकमा समेत गरी तीनवटा शाखा खोलेको थियो । तर ती कुनै पनि शाखा खोल्दा नियमनकारी निकाय राष्ट्र बैंकबाट अनुमति लिएको छैन । सोको लागि राष्ट्र बैंकले यसअघि बैंकको सञ्चालन एवं व्यवस्थापन समितिसँग प्रष्ट जवाफ माग गरेको थियो तर समितिले भने जवाफ नै नदिई नियम मिच्ने प्रवृत्ति हावी देखियो, राष्ट्र बैंक स्रोतले भनेको छ । बैंकले नगद कारोबारको जोखिमलाई न्यूनीकरण गर्नको लागि आवश्यकताअनुसार बीमा गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन गरेका शाखाहरुमध्ये दमक र उर्लाबारी गरी दुईवटा शाखाको लागि भल्ट, काउन्टर र क्यास इन ट्रान्जिटको बीमा नगरिएको राष्ट्र बैंकले स्थलगत निरीक्षणका क्रममा फेला पारेको छ । नगद कारोबारको जोखिमलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार बीमाको व्यवस्था गन निर्देशन दिए पनि हालसम्म उक्त निर्देशनको समेतको पालना नगरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
बैंकले खर्च गर्दा र अन्धाधुन्ध रुपमा अनावश्यक खर्च गरेको र उक्त खर्चको औचित्य स्पष्ट पार्न पटक–पटक निर्देशन दिएकोमा सोको समेत पालना भएको छैन, प्रतिवेदनमा भनिएको छ । सहकारी संस्थाहरुले खाता खोल्न अनुरोध गर्दा बैंकले तयार गरेको फारममा भएको विवरणहरु पूर्णतः पालना गर्नुपर्नेमा सो समेतको पालना नभएको समेत राष्ट्र बैंकले जनाएको छ । निक्षेपकर्ताहरुसँग खाता खोल्दा खातावालाहरुको पूर्ण विवरण अनिवार्य हुने भएता पनि सोको समेत बेवास्ता गरी खोलिएको समेत राष्ट्र बैंको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरेको समाचार आजको आर्थिक दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
