२१ कात्तिक २०८३, शनिवार

नमुना सहकारी ‘साना किसान गौंडाकोट’

२०७१ पुष ५, शनिवार
नमुना सहकारी ‘साना किसान गौंडाकोट’

साधारणसभामा सहभागी अतिथिहरु............

साधारणसभामा सहभागी अतिथिहरु…………

गुल्मी । साना किसान कृषि सहकारी संस्था लि. गौंडाकोटले आर्थिक वर्ष ०७०/०७१ मा १ करोड ८९ लाख ६२ हजार ३ सय २६ रुपैंया बचत संकलन गरेको छ ।

३१ लाख ५३ हजार शेयर पुँजी रहेको संस्थामा सदस्य संख्या ८ सय १२ जना रहेको छ । जसमा ६ सय १९ जना महिला र १ सय ९३ जना पुरुष रहेका छन् । संस्थाले सोही अवधिमा ४ करोड ३९ लाख २४ हजार ५ सय ऋण लगानी गरी २ करोड ९६ लाख १ हजार ७ सय ६६ रुपैंया ऋण असूली गरेको संस्थाले जनाएको छ ।

संस्थाको एघारौं वार्षिक साधारण सभा यहि मिति मंसिर १४ गते श्री राजा रुन्खा मा.वि.को प्राङ्गणमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक तथा साना किसान कृषि सहकारी संस्था लि. आनन्दवन तिलोत्तमा नगरपालिका रुपन्हेहीका अध्यक्षसुखदेव न्यौपाने रहेका थिए । त्यस्तै कार्यक्रमका विशेष अतिथि साना किसान विकास बैंक लि.इलाका कार्यालय बुटवलका इलाका प्रबन्धक शेर बहादुर चौधरी, जिल्ला कृषि सहकारी संघ लि.गुल्मी तथा साना किसान कृषि सहकारी संस्था लि. वडागाँउ गुल्मीका अध्यक्ष हरि प्रसाद छन्तेल, गौंडाकोट गा.वि.स.का अध्यक्ष तथा सचिव सञ्जिव पन्थी आदि रहेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत आ.व. ०७०/०७१ वजेट तथा आ.व. ०७१/०७२ प्रस्तावित कार्यक्रम तथा वजेट प्रस्तुत गरेका थिए ।

संस्थाको एघारौं वार्षिक साधारण सभामा उत्कृष्ट समूह, वचत कर्ता, कृषक, जेष्ठ नागरिक, शारिरीक अशक्त भएका व्यक्ति, विपन्न एकल दलित महिला,मृतक राहत, दैवी प्रकोप राहत तथा सम्मान र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

संस्थाले आ.व. ०७०/०७१ मा वार्षिक आम्दानी ६९ लाख २ हजार ४ सय ८५ रुपैंया रहेकोमा खर्च ५३ लाख ४३ हजार ३ सय ४८ रुपैंया भई संस्थाको कुल नाफा १५ लाख ५९ हजार १ सय ३६ रुपैंया भएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष विनोद कुमार भुसालको सभादक्ष्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका प्रबन्धक भुपाल थापाले गरेका थिए ।


साधारणसभामा सहभागी सदस्यहरु...

साधारणसभामा सहभागी सदस्यहरु…

अभिलेख

लोकप्रिय