२१ कात्तिक २०८३, शनिवार

महिला सहकारी भवन निर्माणमा भ्रष्टाचार , ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२०७१ पुष ५, शनिवार
महिला सहकारी भवन निर्माणमा भ्रष्टाचार  , ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

उक्त महिला सहकारी भवन निर्माण गर्न निकासा भएको रकम उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा फर्जी कागज बनाई सरकारी अनुदानको रकम भ्रष्टाचार गरेको पुष्टी भएको अख्तियारले जनाएको छ । अख्तियारद्वारा मुद्दा दायर गरिएकामा महिला तथा बालबालिका कार्यालय बाजुराकी प्रमुख गीता महत, उपभोक्ता समितिकी अध्यक्ष बाजुरी विक, उपभोक्ता समितिकी कोषाध्यक्ष घुगुरी न्यौपाने, सहायक इन्जिनियर दीपक रोकाया, सव इन्जिनियर प्रेमलाल जैसवाल र सव इन्जिनियर यज्ञप्रसाद ढूुगाना छन् ।
अख्तियारद्वारा दायर आरोपपत्रमा महिला सहकारी भवन निर्माणका नाममा ३६ लाख ४० हजार भ्रष्टाचार गरेको दाबी गरिएको छ । यसमध्ये गीता, अध्यक्ष बाजुरी र घुगुरीले जनही ११ लाख ४० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै दीपक र प्रेमलालले ६०–६० हजार तथा यज्ञप्रसादले १ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
अख्तियारद्वारा जारी विज्ञप्तिमा रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टी हुन आएको उल्लेख छ ।

काठमाडौं – बाजुरा साप्पाटा गाविस- ६ स्थित बिन्दासैनि प्रावि फ्याल गाँउनजिक महिला सहकारी भवन निर्माण गर्न निकासा भएको रकममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अभिलेख

लोकप्रिय